Logo

२०८३, श्रावण ३०गते


images
images

बुटवल कालिका क्याम्पसको चौंथो क्याम्पस सभा सम्पन्न

बुटवल कालिका क्याम्पसको चौंथो क्याम्पस सभा सम्पन्न

images
  • बुटवल कालिका क्याम्पसको चौंथो क्याम्पस सभा सम्पन्न
    images
    images

    विनोद खनाल, वुटवल । बुटवल कालिका क्याम्पसको चौंथो क्याम्पस सभा सम्पन्न भएको छ। शनिवार बुटवल १० रामनगर मा नव निर्मित आफ्नै सभाहलमा सभा सम्पन्न भएको हो ।

    images
    images
    images

    त्रिभुवन विश्वविद्यालयका रजिस्टार डाक्टर शिवलाल भुषालको प्रमुख आतिथ्यतामा सम्पन्न सभाले क्याम्पसको प्रगति प्रतिबेदन पारित गर्नुका साथै नयाँ संचालक समिति समेत निर्बाचित गरेको छ । संचालक समितिको अध्यक्षमा होम बहादुर गलामी, उपाध्यक्षमा नित्यानन्द ज्ञवाली, कोषाध्यक्षमा नन्दु काउचा एवं सदस्य सचिवमा घनस्याम पाठक र सदस्यहरुमा युवराज तिवारी, दिनेश थापा, कृष्ण प्रसाद पाण्डे, यमुना काउचा, अनिल प्रसाद श्रेष्ठ, सन्दिपा अस्लामी निर्वाचित भएका छन।

    images
    images
    images

    क्याम्पस सभा उदघाटन गर्दै रजिष्टार शिबलाल भुषालले सामुदायिक क्याम्पसको बिकास बिना नेपालको उच्च शिक्षाको गुणस्तर सुधार गर्न नसकिने बताएका छन । उनले त्रिभुवन विस्वबिद्यालयबाट पहिलोपटक सामुदायीक क्याम्पसको प्रमाण पत्र  प्राप्त गरेको बुटवल कालिका क्याम्पसले छोटो समयमै गरेको  भौतिक पुर्वाधार एवं शैक्षिक सुधार र उत्कृष्टताका कार्यक्रमबाट त्रिभुवन विश्वविद्यालय प्रभावित भएको बताए । 

    images
    images
    images

    जनशक्ति पलायनलाई रोक्न गुणस्तरीय र सिपमुलक शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिंदै  रजिष्टार भुषालले भने -"समयमा रिजल्ट, परिक्षाप्रणालि लगायतका केहिकुरा सुधार गर्दै हाम्रा छोराछोरीलाई यहिं पढ्ने वातावरण बनाउनुपर्छ । बिदेशगएकाले पनि दुख पाएका छन । अब नयाँ कलेज खोल्ने हैन भएकालाई दिगो र गुणस्तरीय बनाउनेमा जोड दिने हो बरु कार्यक्रमहरु थपेर जाने हो।"

    बिध्यार्थिहरुलाई पुस्तकालय फ्रि ईन्टरनेट लगायतका सुबिधाबारे मन्त्रालयसंग छलफल गरि पहल भईरहेको बताउँदै उनले  बिश्वविद्यालयले अनुसन्धानमुलक शिक्षामा जोड दिएको बताए ।

    क्यापस प्रमुख घनस्याम पाठकले नर्सरिमा भर्ना भएको विद्यार्थी सनातकोत्तर सम्म यहि पढ्न पाउन भन्ने हेतुले निकै संघर्ष गरि क्याम्पस स्थापना गरि संचालन गरिएको बताए । सुरुवातका कठिनाईका वर्षहरु  बिताए पनि अहिले ३००० बढि बिद्यार्थीहरु  अध्ययन गरिरहेको बताउँदै उनले प्राबिधिक र सिपमुलक शिक्षा अवलम्बन गर्दै यस क्षेत्रकै नमुना क्यापसको रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिए। समुदाय स्तरबाट संचालित क्याम्पसमा समाजका सबै समाजसेवी उद्योगि ब्यबसायी राजनितिकर्मिहरुको साथ सहयोग पाएको खुसि ब्यक्त गर्दै उनले विश्वबिद्यालयबाट थप  कार्यक्रमहरु ल्याउने र स्नातकोत्तरको सम्बन्धनका लागि समेत पहल भईरहेको बताए ।

    कार्यक्रममा सहायक क्याम्पस प्रमुख एवं कालिका मानबज्ञान माविका प्राचार दिनेश थापाले क्याम्पसको ईतिहासबारे प्रष्ट पार्दै ३५ जना बाट सुरु भएको क्याम्पस ३००० विद्यार्थी पढाउने आफ्नै सुबिधा सम्पन्न भवन समेत  बनाउन योगदान गर्ने सबैलाई धन्यबाद दिएका थिए। 

    क्याम्पस संचालक समिति अध्यक्ष अर्जुनमान सैंजुको अध्यक्षता एवं कार्यक्रम संयोजक बुद्धीराम चौधरीको संचालनमा सम्पन्न कार्यक्रममा सामुदायिक क्याम्पस संघ लुम्बिनि प्रदेश अध्यक्ष मित्रलाल न्योपाने, पुर्व अध्यक्ष एवं ११ नम्बर वडा अध्यक्ष रामचन्द्र क्षेत्री, प्राध्यापक डाक्टर नारायण बेलबासे, प्राध्यापक गोपाल पाण्डे, संचालक समितिका कोषाध्यक्ष नित्यानन्द ज्ञवाली, महेश पाण्डे, गोमप्रसाद रेश्मी लगायतले सुभकामना मन्तब्य राखेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बुटवल कालिका क्याम्पस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।