Logo

२०८३, श्रावण २७गते


images
images

के लेखौं, के नलेखौं

के लेखौं, के नलेखौं

images
  • सेतोमसी सहकर्मी
  • के लेखौं, के नलेखौं
    images
    images

    कृष्ण 'अञ्जान' ज्ञवाली दुःखका फाल्साहरू पन्छाउँदा–पन्छाउँदै यो भौतिक संसारबाट आज आफैँ पन्छिएर गएको खबरलाई विश्वास नगरेर सुखै रहेन । 

    images
    images
    images

    आजभन्दा ५५ वर्ष अगाडि गुल्मीको थोर्गामा जन्मेर २०४५ सालदेखि सञ्चारकर्ममा क्रियाशील तपाईंले सोही कर्ममै रहेका बेला २०६० सालमा तत्कालीन विद्रोहीको गोलीले एक सर्वसाधारणको निधनको ब्रेकिङ समाचार प्रशारणमा आफ्नै बुबा भोजराज ज्ञवालीको नाम पढेर समाचार कक्षबाट बाहिरिँदाको पीडाबोध हजुरको जीवनकालमा यो राज्यमा न हिजोका विद्रोहीले गरे, न राज्यले ग¥यो, न हजुरको कर्मक्षेत्रले, कसलाई दोष दिएर के भयो ? यो सबै कर्मकै खेल होला ।

    images
    images
    images

    भावना, आदर्श समाज र जनसंघर्ष दैनिक, पाल्पा टाइम्स, स्पेश टाइम, पोखरा विमर्श, सम्बोधन साप्ताहिक हुँदै पत्रिका, रेडियो र विभिन्न अनलाइनमाध्यमका सञ्चारकर्ममा क्रियाशील हजुरले जागीरसँगै सञ्चार कर्म गर्नुहोस् भन्दाभन्दै आफूलाई पूरा सञ्चारकर्मी बनाउँछु भनेर नेपाल ग्रामीण विकास बैंकको अधिकृतको जागीरबाट राजीनामा दिएर सञ्चार क्षेत्रमा लाग्दा, मानवअधिकार पत्रकार संघ कास्कीको संस्थापक अध्यक्ष भएर विट पत्रकारितालाई सङ्गठित बनाएर अगाडि बढ्दा हजुरको योगदानको कदर पत्रकारहरूको साझा संस्थाको एउटा साधारण सदस्यताको परिचयपत्र बाहेक अरूले हुुन सकेन । श्रमजीविको प्रोत्साहनमा एउटा मालिकले राखिदिएको प्रोत्साहन, सम्मान र पुरस्कार अर्का मालिकले चिन्ह र लिङ्गका आधारमा उठाउँदा तपाईं दास र झोले हुन नसकेकै कारण ३५ वर्षे पत्रकारिता कर्मको योगदानलाई आज शोक विज्ञप्तिमा देखाउन तछाडमछाड गर्नेहरूले उदेकिलो सुखानुभूति गराइरहेका छन् ।

    images
    images
    images

    'पाल्पा रानीघाट', 'बगाले चरी', 'यसपाला पोखरा जाम्ला वरिलै', 'धरती फाट्ला आकाश फाट्दैन', 'यसपाला बटौली जाम्ला बरिलै' र लामाचौरको भिलेज प्रोफाइल 'हाम्रो लामाचौर' गीतका सर्जक, गायक तथा 'सिर्जनाका फूलहरू' कवितासंग्रहका कवि अञ्जानको कर्मलाई एउटा वाङ्मयसेवीकारूपमा सङ्घर्षमा कलमको ऋषिराम रानाभाट स्मृति पुरस्कारबाट विभूषित गरेर थोरै भए पनि मन सन्तोष गराउन पाउनु आज भगवान्को आशीर्वचन जस्तो बोध भइरहेको छ । 

    काँडा विनाको फूलको कल्पना कोरा मात्रै हो, हजुरले रोजेको फूल पनि काँडासहितकै सुगन्धित थियो नै । त्यही सुगन्धमा फक्रेका दुई सन्तानमध्ये छोरी असीम उच्च शिक्षाका लागि अष्ट्रेलिया पठाएर डिग्रीसहित घर आउने, छोराले उच्च शिक्षा पूरा गरेपछिको सुख, सन्तोष र खुसी भरिएको परिवारको सपना देख्दै गर्दा २०७८ सालमा माता यमकला ज्ञवालीको निधनले हजुरलाई थप विछिप्त बनाएकै थियो तर सन्तान सुखको सपना विपना नहुँदै हजुरले भौतिक संसार छाड्नुपर्ने दुःखद अवस्था हामीले व्यहोर्नु प¥यो ।
    कर्मका हिसाबले जे भए पनि हामीबीच दाजुभाउजुको पारिवारिक सम्बन्धले मलाई थप भावविह्वल बनाएको छ । कमला भाउजु तपाईंले आफैँले रोजेको कमलको थुङ्गाको आयु आजसम्मको रहेछ यसैमा चित्त बुझाउनु ।

    बाबुनानीहरू नामजस्तै काम गर्न सक्ने असीम कर्मवादी बनाउनु भएकै छ । यिनै दुई थुङ्गा फूलको रक्षामा बाँकी जीवन समर्पण गर्नुहोस् । शोकलाई शक्तिमा बदल्नुहोस् र हेर्नुहोस् मलाई- छ महिने गर्भे टुहुरो आज कुनै दले र झोले नभइकन मेरै पाखुराको विश्वासमा जीवनसङ्घर्षको मैदानमा लडिरहेको छु त्यसैले भाउजु !तपाईंले मन दह्रो पारेर अगाडि बढ्नुहोस् ।

    आज अञ्जानकै सिर्जनाका फूलहरू कवितासङ्ग्रहको एक टुक्राले झस्काइरहेको छः
    मिलन त हाँसोमा रम्ने गर्छ
    विछोड त आँसुको भेल हो
    मृत्यु त अवश्यम्भावी छ
    जिउनु त एउटा खेल हो ।
    जस्तो भए पनि बाँकी जीवनको खेल त खेल्नु नै छ ।

    -असफल गौतम 
    अध्यक्ष मानवअधिकार पत्रकार संघ परिवार, गण्डकी प्रदेश

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कृष्ण 'अञ्जान' ज्ञवाली
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।