Logo

२०८३, श्रावण ३०गते


images
images

रविले भने- 'मान्छेको पछि लाग्न छोडेर अब गाडिको पछि...'

रविले भने- 'मान्छेको पछि लाग्न छोडेर अब गाडिको पछि...'

images
  • रविले भने- 'मान्छेको पछि लाग्न छोडेर अब गाडिको पछि...'
    फाइल फोटो
    images
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवनमा सञ्चालनमा ल्याएको मोबाइल क्लिनिकबारे विभिन्न टिकाटिप्पणी आइरहेका छन्।  उक्त मोबाइल क्लिनिक  पुरानो मेडिकल कलेज भरतपुरसँग रहेको पुरानो एम्बुलेन्स लिएर संचालन गरिएको हो।  

    images
    images
    images

    तर उक्त एम्बुलेन्सलाइ मोबाइल क्लिनिक बनाइएकोबारे सर्वत्र विरोध भएपछि अस्पतालले फिर्ता मागेको छ।  

    images
    images
    images

    अस्पतालले नविकरणसमेत नगरेर राखेको एम्बुलेन्स रास्वपाका सभापति रवि लामिछानेले नविकरण गरेर मोबाइल क्लिनिकको रूपमा प्रयोग गरेका थिए। 

    images
    images
    images

    सबैतिर बिरोध भएपछि उक्त एम्बुलेन्स अस्पतालले नै पुरानो स्वरूपमा फिर्ता लग्ने भएको छ। रविले एम्बुलेन्सको रंग बदलेर पार्टीको झण्डाको रंग निलो लगाएका थियो।  

    आफूले संचालनमा ल्याएको मोबाइल क्लिनिकबारे नकारात्मक समाचार र टिकाटिप्पणीबारे सामाजिक संजालमा प्रतिक्रिया जनाएका छन्।  

    उनले मोबाइल क्लिनिकमा आफूलाइ प्राप्त गाडी मात्र परिवर्तन गरेको तर सेवा नरोकिएको जानकारी दिएका छन्। आज उक्त मोबाइल क्लिनिकले जुगेडी क्षेत्रमा बा आमालाइ सेवा दिने पनि रविले जानकारी दिएका छन्।  

    मान्छेको पछि लाग्न छोडेर अब गाडिको पछि ? भन्दै प्रश्न गरेर उनले आफू समाचारको हेडलाइनले हैरानी भएको पनि बताएका छन्। उनले भोली टायर पुरानो भयो भनेर लेख्न तयार हुनु भन्दै कटाक्षसमेत गरेका छन्।  

    उनी लेख्छन्,  

    'कठै, मोबाइल क्लिनिकमा हामीलाई प्राप्त गाडी मात्र परिवर्तन हुन लागेको हो। मोबाइल क्लिनिक चालू छ। आज जुगेडी क्षेत्रमा  बा आमाको सेवामा हुनेछ।  यो रोकिने होईन, छिट्टै २ वटा हुन्छ। ब्लु बसमा पनि कुनै समस्या छैन। मान्छेको पछि लाग्न छोडेर अब गाडिको पछि रुरु भोलि टायर पुरानो भनेर लेख्न तयार हुनु होला। हैट हेडलाईन आतंकर... हैरानी । सक्दैनौं, सक्दै त सक्दैनौ।'

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रवि लामिछाने
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।