सांसदको काम भनेको कानुन निर्माण गर्नु हो। कानुनको परिमार्जनमा बहस छलफल गर्नु हो। जसको लागि विभिन्न समितिहरु बनाइएका हुन्छन्। समितिले आफ्नो क्षेत्राधिकारभित्र काम गरिरहेको हुन्छ ।
सांसदको काम संसद अधिबेशन चालु रहेको बेलामा आफ्नो दलको सचेतक मार्फत बोल्नको लागि समय माग्ने हो र जनताका मुद्दाहरु, राष्ट्रिय-अन्तर्राष्ट्रिय परिस्थिति, संसदको कार्यसुचिमा तोकिएको बिषयमा आफ्ना र दलका धारणाहरु राख्ने हो। संघीय संसदले बाटो चौडा, लम्बाइ नाप्दै फिता लिएर हिड्ने हुँदै होइन। तर नेपाली समाज आज बिभाजित छ, नकारात्मक चिन्तनको शिकार भएको छ। कसैलाई यहि मौकामा आफ्ना रोटि सेक्नुछ। यहि 'स्टन्डबाज'को रूपमा सांसद ज्ञानेन्द्र शाही, रवि लामिछानेहरु उफ्रिरहेका छन् र भ्रमित पारिरहेका छन् ।
संविधान बनेको ८ बर्ष भयो। राज्य चलाउन संविधान अनुसारका कानुन निर्माण गर्नुपर्छ। कानुनको मस्यौदा सरकारले तयार गर्छ र छलफलको लागि सम्बन्धित मन्त्रीले संसदमा पेश गर्छन् । बितेको ८ बर्षमा कुनै कानुनहरु बनेर कार्यान्वयन हुन सकेका छैनन् । अहिले सरकारले विभिन्न महत्त्वपूर्ण कानुन बनाएर पेश गरिरहेको छ । जसमध्ये संघीय शिक्षा ऎन २०८० एउटा महत्वपुर्ण हो। यस्ता २२/२५ वटा कानुन बन्ने लाइनमा छन् तर नेकपा एमाले र अन्य प्रतिपक्षी दलले यी कुनैपनि कानुन बन्न नदिन विभिन्न बखेडा झिकेकै छन् ।
कानुन बनाउन गएका जनप्रतिनिधि एउटा बसमा निलो रङ्ग पोतेर भाषण गर्न ब्यस्त छन् । मानौ, अब यो देशको सार्वजनिक यातायात नै नि:शुल्क भयो । अझै पनि हामीले कस्को के काम हो र उसले त्यो काम कतिसम्म पूरा गर्यो भनेर मानक स्थापित गरि जनतालाई प्रष्टसङ्ग बुझाउन सकिएन भने दशकौसम्म जनतालाई उल्लु सम्झेर मानिसहरू राजनीति गर्न अमेरिका,अष्ट्रेलियाबाट नेपाल ओर्लिरहन्छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology