Logo

२०८३, आश्विन १०गते


images
images

विद्यालय बन्द गर्न बाध्य हुने भन्दै निजि विद्यालय सन्चालकले बुझाए ध्यानाकर्षण पत्र

विद्यालय बन्द गर्न बाध्य हुने भन्दै निजि विद्यालय सन्चालकले बुझाए ध्यानाकर्षण पत्र

images
  • विद्यालय बन्द गर्न बाध्य हुने भन्दै निजि विद्यालय सन्चालकले बुझाए ध्यानाकर्षण पत्र
    images
    images

    देवदह । नेपाल सरकारले ल्याउन लागेको संघीय शिक्षा आयोगमा रहेको भनिएका केही प्रावधानमा आपत्ति जनाउंदै निजि विद्यालय सन्चालकहरूले केही दिनदेखि आपत्ति जनाउंदै आएका छन्। सोहि सन्दर्भमा बुधबार देशका विभिन्न जिल्ला र पालिकामा रहेका निजि विद्यालयका संगठनहरूले ध्यानाकर्षण बुझाएका छन्। 
     
    सोही क्रममा देवदहमा पनि निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियसन नेपाल (एनप्याब्सन) ले देवदह नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएका छन्। देवदह नगर  प्रमुख ध्रुवप्रसाद खरेललाई ध्यानाकर्षण बुझाउदै उनीहरूले आफ्ना माग सम्बोधन नभए विद्यालय चलाउन नसक्ने जनाएका छन्। 

    images
    images
    images

    प्याब्सन देवदह अध्यक्ष राम बहादुर गुरुङ र एनप्याब्सन देवदह संयोजक बिनोद थापाद्वारा हस्ताक्षरित पत्रमा "विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० " सरोकारवालाका सुझावहरूलाई वेवास्ता गरी तयार गरिएको कतिपय प्रावधानहरू निजी लगानीका संस्थागत विद्यालयहरू प्रति पूर्वाग्रही मात्र नभएर संविधान विपरित, अव्यवहारिक र अन्यायपूर्ण समेत भएको जनाईएको छ। 

    images
    images
    images

    हाल निजी तथा सार्वजनिक गुठी अन्तर्गत सञ्चालित विद्यालयहरू नै समस्याग्रस्त रहेको र शैक्षिक गुठी दर्ता तथा सञ्चालन सम्बन्धमा स्पष्टता नभएको अवस्थामा प्रस्तावित विधेयकले ५ वर्षभित्रमा निजी लगानीका विद्यालयले अपना सम्पूर्ण दायित्व फरफारक गरी शैक्षिक गुठीमा रूपान्तरित हुनुपर्ने लगायतका बाध्यात्मक प्रावधान समावेश गरिनु संविधानको भावना विपरित, अव्यवहारिक र दुराशययुक्त रहेको उनीहरूको आरोप छ। 

    images
    images
    images

    आफूहरूको मागको उचित सम्बोधन नभएमा देशैभरी सञ्चालित निजी लगानीका विद्यालयहरू बन्द गरी थप आन्दोलनका कार्यक्रमहरू घोषणा गर्न बाहेक अन्य कुनै पनि विकल्प नरहने समेत पत्रमा उल्लेख छ। 

    पत्रमा भनिएको छ - "सम्बन्धित निकायमा ध्यानाकर्षण गराउँदा समेत कुनै ठोस निकास प्राप्त नभएको खण्डमा केन्द्रिय कार्यसमितिले आफ्ना माग पुरा नभएसम्मका लागि देशैभरीका कम्पनी निजी गुठी तथा सार्वजनिक गुठी अन्तर्गत सञ्चालित विद्यालयहरू बन्द गरी अगाडि बढ्ने निर्णय गरी निर्देशन दिए पश्चात यस पालिका अन्तर्गतका विद्यालयहरू केन्द्रको निर्देशन प्राप्त हुनसाथ बन्द हुने विषय ध्यानाकर्षणका लागि अनुरोध गर्दछौं । हामीले बाध्यतावश गरेको यो निर्णयलाई यस पालिकाले सहजरूपमा बुझी आवश्यक सहयोग गर्नेछ भन्ने हामील विश्वास लिएका छौं ।"

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # निजि विद्यालय सन्चालक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।