सहबान अन्सारी, नवलपरासी । नवलपरासीको बिभिन्न ठाउँहरुबाट ७ लाख ३५ हजार ९ सय २० मुल्य बराबरको अवैध मालसामान प्रहरीले नियन्त्रणमा लिएको छ।
आईतवार पाल्हिन्न्दन गाउँपालिका वडा नं. २ भक्सीपुरमा भारतबाट अबैधरुपमा ल्याउदै गरेको ३ लाख ५८ हजार ४ सय मुल्य बराबरको पुजामा प्रयोग हुने तामाको प्लेट ११२० पिस सिमा प्रहरी चौकी महेशपुरले नियन्त्रणमा लिएको हो ।
यसैगरी सरावल गाउँपालिका वडा नं. ७ मा भारतबाट नेपाल तर्फ अवैधरुपमा ल्याउदै गरेको २७ हजार ४ सय १० मुल्य बराबरको चिनी, हार्डवेयरका सामान, मोटरसाईकलको पार्टपुर्जा साथै २ वटा खसी प्रहरी चौकी भुजहवाले नियन्त्रणमा लिएको छ ।
त्यसैगरी पाल्हीनन्दन गाउँपालिका वडा नं. ५ स्थित भारतबाट नेपाल तर्फ अबैधरुपमा ल्याउदै गरेको ३ लाख मुल्य बराबरको अफ्जल नामक हुक्कामा प्रयोग हुने पाउडर ४ कार्टुन प्रहरी चौकी गेर्मीले नियन्त्रणमा लिएको हो ।
त्यस्तै सुस्ता गाउँपालिका वडा नं. ४ बिर्ताढाला स्थित भारतबाट अबैधरुपमा ल्याउदै गरेको १८ हजार १ सय १० मुल्य बराबरको गन्जी, सेतो गम्छा, कट्टु, चुन्नी, टिसर्ट लगायतका कपडाहरु प्रहरी चौकी नर्सहीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएको सम्पुर्ण माल सामान आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय पठाईएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology