Logo

२०८३, आश्विन १७गते


images
images

प्रहरीले ३ जना लागुऔषधकर्ता समाउँदा अर्कै युवा डराएर सेती नदीमा हाम फालेर बेपत्ता

प्रहरीले ३ जना लागुऔषधकर्ता समाउँदा अर्कै युवा डराएर सेती नदीमा हाम फालेर बेपत्ता

images
  • प्रहरीले ३ जना लागुऔषधकर्ता समाउँदा अर्कै युवा डराएर सेती नदीमा हाम फालेर बेपत्ता
    images
    images

    राजेश  पराजुली, पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १ स्थित सेती नदीमा एक युवाले हाम फालेका छन् । सेती हाम फाल्ने पोखरा–१ कसेरी बस्ने २८ वर्षीय सन्तोष तामाङ रहेका छन् ।प्रहरीका अनुसार तामाङका भाइले दाइ सन्तोष सेतीमा हाम फालेकोे आफूले देखेको भन्दै खबर गरेका थिए ।

    images
    images
    images

    प्रहरीले लागुऔषध पछ्याउँदै जाँदा कसेरीबाटै ३ जना युवालाई पक्राउ गरेको छ । प्रहरीले लागु औषधसहितका युवालाई पछ्याउँदै प्रक्राउ गर्न जाँदा सन्तोष डराएर सेतीमा हाम फालेको स्थानीयले बताइरहेका छन् ।

    images
    images
    images

    पोखरा महानगर वडा नम्बर १ अध्यक्ष शाहारा प्रधानले पनि प्रहरीले लागुऔषधसहितका युवालाई समात्न जाँदा अर्का युवा सन्तोष डराएर सेतीमा हाम फालेको परिवार र स्थानीयले बताइरहेको जानकारी दिए ।

    images
    images
    images

    १९/२० वर्षका केटालाई प्रहरीले पक्राउ गर्न जाँदा उनी चाहिँ डराएर सेतीमा हामम फालेको बुझिएको प्रधानले बताए । बगरमा बालुवा चाल्नेले पनि सेतीमा मान्छे बगिरहेको देखेको बताएका छन् ।

    दिउँसो ३ जना युवालाई लागु औषधसहित पक्राउ गरिएको र उनीहरुको म्याद थपको प्रक्रिया चलिरहेको कास्की प्रहरी प्रवक्ता डिएसपी श्रवणकुमार विकले बताए । समातिने युवा कारोबारी हुन् कि प्रयोगकर्ता अनुसन्धानकै क्रममा रहेकोे प्रहरीले जनाएको छ ।

    सन्तोषका भाइले दिउँसो ४ बजेतिर प्रहरीलाई खबर गरेपछि उनको खोजिका लागि खटिएको तर फेला पार्न नसकिएको विकले जानकारी दिए । रात पनि परिसकेकाले बिहीबार बिहानैदेखि खोजि कार्यमा सहज हुने प्रहरीको भनाइ छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सेती नदी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।