Logo

२०८३, श्रावण ३०गते


images
images

माओवादीविना विकास असम्भव : नेता  पुन 

माओवादीविना विकास असम्भव : नेता  पुन 

images
  • माओवादीविना विकास असम्भव : नेता  पुन 
    फाईल फोटो
    images
    images

    बुटवल । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा रुपन्देहीका अभियान ईन्चार्ज गणेशमान पुनले माओवादीविना विकास असम्भव भएको बताएका छन्। शुक्रबार  जनतासंग माओवादी बिशेष रुपान्तरण अभियानकको बुटवल नगर बैठकलाई सम्बोधन गर्दै नेता पुनले लोडसेडिङ्गको अन्त्यदेखि देशभरीका सडक विस्तार र पछिलो पटक पार्टी अध्यक्ष नेतृत्वको सरकारले गरेको भ्रष्टाचारका फाईल खोल्ने र भ्रष्टाचारीलाई जेल पठाउने कार्यले त्यसको पुष्टि गरेको दावी गरे। 

    images
    images
    images

    १० वर्षे जनयुद्धको स्मरण गर्दै नेता पुनले जनताको अवस्था बदल्ने र सुशासन कायम गर्ने लडाईलाई पार्टीले जनयुद्धकै अर्को अध्यायको रूपमा अर्थ्याएको र सोही अनुसार पार्टी नेतृत्वको सरकार अघि बढेको जिकिर गरे। पार्टीका नेता, कार्यकर्ताहरुलाई अन्य दलका कार्यकर्ताभन्दा फरक ढंगले जनताको काममा जोडिन निर्देशन दिंदै उनले निश्चित लक्ष्य, उदेश्य र रणनितिक कार्यक्रम सहित काम गर्न आग्रह गरे । "यो अभियान जनतासंग माओवादी बिशेष रुपान्तरण अभियान हो" उनले भने। "यसलाई तपाईं हामीलाई सुध्रिन सहयोग गर्ने अभियानको अर्थमा बुझ्न र सोहि अनुसार गम्भिर हुन कमरेडहरूलाई अनुरोध गर्दछु।"

    images
    images
    images

     सोही कार्यक्रममा बोल्दै पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले संघियता आए पनि संघियताको मुल मर्म बुझ्न र बुझाउन नसेकेको बताए।  पछिल्लो समय पहिचानका मुद्धाहरु उठिरहेको बिषयलाई जोड दिदै उनले अबका दिनमा स्थानिय जनशक्तिलाई प्रयोग गरी रोजगारमुलक कार्यक्रम आयोजना गर्न, देशको आर्थिक क्षेत्रमा परिर्वतन ल्याउन सबै नेता, कार्यकर्ता र जनतालाई उत्पादनमा जोडिन आवश्यक रहेको बताए । देशलाई नयाँ ठाउमा लैजाने हो भने नयाँ संकल्प गर्नुपर्ने बताउँदै उनले त्यसको लागी सक्षम, योग्य, पार्टी र लिडरसिप आवश्यक भएको तर्क गरे ।

    images
    images
    images

    कार्यक्रममा माओवादी पार्टीका केन्द्रिय सदस्य तथा बुटवल उपमहानगरपालिका अभियान ईन्चार्ज नारायणी शर्माले पार्टीलाई बदल्नका लागी रुपान्तरण अभियान ल्याएको बताईन । उनले देशको नेतृत्व गर्न सक्ने पार्टी माओवादि मात्रै भएकाे कारण अव पाटी भित्रपनि परिर्वतन आवश्यक भएको बताईन ।

    कार्यक्रममा माओवादी पार्टीका केन्द्रिय सदस्य चक्र ब्यु थापा, रुपन्देही जिल्ला संयाेजक निर्मल जिसि, रिज्जु श्रेष्ठ लगायतले मन्तब्य राखका थिए । कार्यक्रम बुटवलमा उपमहानगरपालिका अध्यक्ष महेन्द्र भुसालकाे अध्यक्षता, नरनारायण घिमिरेको स्वागत  तथा नगर सचिव सागर न्याैपानेको संचालनमा सम्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।