काठमाडौ । नेकपा एमालेका स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सर्वोच्च अदालतको फैसलाले संसदीय व्यवस्था र दलीय प्रणालीमाथि गम्भीर आघात पुर्याएको बताएका छन् ।
प्रतिनिधि सभा पुनर्स्थापना गर्ने र अबको दुई दिन भित्र शेर बहादुर देउवालाइ प्रधानमन्त्री बनाउनुपर्ने सर्वोच्चको फैसलापछि सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै केपि ओलीका प्रिय पात्र समेत मानिएका पोखरेलले "सुदूर भविष्यमा नै नेपाल र नेपालीले अस्थिरताको दुश्चक्र वेहोर्नु पर्ने भो" भन्दै टिप्पणी गरेका छन् ।
यस अघि सर्बोच्चले पहिलो पटक संसद विघटन बदर गर्दा पनि पोखरेलले रोष प्रकट गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology