Logo

२०८३, श्रावण ३०गते


images
images

सरकार टिक्ने नटिक्ने विषयमा 'टेन्सन' छैन, भ्रष्टाचारविरूद्ध अभियान जारी रहन्छ : प्रधानमन्त्री

सरकार टिक्ने नटिक्ने विषयमा 'टेन्सन' छैन, भ्रष्टाचारविरूद्ध अभियान जारी रहन्छ : प्रधानमन्त्री

images
  • सरकार टिक्ने नटिक्ने विषयमा 'टेन्सन' छैन, भ्रष्टाचारविरूद्ध अभियान जारी रहन्छ : प्रधानमन्त्री
    फाईल फोटो
    images
    images

    सुर्खेत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार टिक्ने नटिक्ने विषयमा आफुलाई कुनै 'टेन्सन' नरहेको बताएका छन्। सरकारले दायाँबायाँ नहेरी भ्रष्टाचारविरूद्ध अभियान चलाएको उल्लेख गर्दै उनले भ्रष्टाचारविरूद्ध अभियान जारी रहने बताए।

    images
    images
    images

    बिहीबार सुर्खेतमा समाजवादी मोर्चाको कर्णाली प्रदेशस्तरीय सभालाई सम्बोधन गर्दै नेकपा मा‌ओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले भने, ‘गठबन्धन र सरकारको तर्फबाट भ्रष्टाचारविरूद्ध अभियान चलाइएको छ। सरकारले दायाँबायाँ हेर्दैन। सरकार र मोर्चा एकढिक्का भएर यसैमा केन्द्रित छ।’

    images
    images
    images

    ‘सामाजिक न्याय र सुशासनका पक्षमा यो मोर्चा एक भएर लड्दा हामी सफल हुनेछौं,’ उनले भने, ‘सरकार कति दिन टिक्छ कि टिक्दैन मलाई टेन्सन छैन।’

    images
    images
    images

    केही मानिसले प्रचण्डले आफ्ना कार्यकर्तालाई बचाउँछ भन्ने अभिव्यक्ति दिइरहेको उल्लेख गर्दै उनले भने, ‘मैले सिआइबीलाई भनेको छु, गल्ती गरेको भए मलाई पनि समाउनुस्, अनुसन्धान गर्नुहोस् भनेको छु।’

    सरकारले राम्रा काम गरिरहे पनि प्रतिक्रियावादीले नरूचाएको उनको भनाइ थियो। 

    उनले आफू युएन महासभा र चीन भ्रमणमा जाँदा किसानका मुद्दा उठाउने प्रतिबद्धता पनि जनाएका छन्।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।