काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम आज काठमाडौं फर्कदै छ।
एसिया कपमा सहभागी भएर टोली आज मध्यान्ह १२ः ३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ।
एसिया कप क्रिकेटका लागि नेपाली टोली पाकिस्तान गएको थियो। कराँचीमा अन्तिम तयारी गरेपछि टोली पाकिस्तानसँग खेल्न मुल्तान गएको थियो।
नेपालले मुल्तानमा १६ औं संस्करणको एसिया कपको उद्घाटन खेल खेलेको थियो। उद्घाटन खेलमा नेपाल पाकिस्तानसँग २३८ रनले पराजित भएको थियो।
एसिया कपको दोस्रो खेलका लागि श्रीलङ्का पुगेको नेपाल भारतसँग पराजित भएको थियो। भारतसँग नेपालको पराजय भएपनि उसले खेललाई विश्वस्तरमै सराहना गरिँदैछ।
भारतसँग पराजित भएसँगै नेपाल समूह चरणबाट बाहिरिँदै आज स्वदेश फर्किन लागेको हो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology