Logo

२०८३, श्रावण ३१गते


images
images

आज अमेरिकी सेनाको टोली नेपाल आउँदै

आज अमेरिकी सेनाको टोली नेपाल आउँदै

images
  • आज अमेरिकी सेनाको टोली नेपाल आउँदै
    images
    images

    एजेन्सी । आज अमेरिकी सेनाको १२ सदस्यीय टोली नेपाल आउँदै छ । भक्तपुरको नगरकोटमा नेपाली सेनाको टोलीसँग हुने संयुक्त अभ्यासको लागि अमेरिकी सेनाको टोली आज काठमाडौं आउन लागेको हो ।

    images
    images
    images

    ४० औं संस्करणको संयुक्त सैन्य अभ्यास भदौ २४ गतेदेखि सुरु भई असोज १२ गते सकिने नेपाली सेनाका सूचना अधिकारी कृष्णप्रसाद भण्डारीले जानकारी दिएका छन् ।

    images
    images
    images

    यो अभ्यासमा सहभागी हुन अमेरिकाबाट जुनियर लेभलका बिल्लादार सैनिक आज दिउँसो बन्दोबस्तीका सामानसहित अमेरिकी सेनाकै विमानबाट काठमाडौं आउन लागेको हुन्। अमेरिकी सेनाको उक्त विमान भने भदौ २२ गते नै फर्किने छ ।

    images
    images
    images

    अमेरिका, बेलायत, भारत, चीन, श्रीलंका, मंगोलिया, बंगलादेश, इजरायल लगायत देशका सेना र नेपाली सेनाबीच संयुक्त अभ्यास हुँदै आएको छ । संयुक्त अभ्यासमा विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायता, प्रतिआतंकवाद नियन्त्रण, शान्ति सेनामा खटिँदाको भूमिका लगायतका विषयहरुमा अनुभव तथा ज्ञान आदान प्रदान हुँदै आएको छ ।

    यस्तै अभ्यासको सिलसिलामा सेनानी विवेक विक्रम शाहको कमाण्डमा १० सदस्यीय नेपाली सेनाको टोली भदौ २० गते बेलायत प्रस्थान गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अमेरिकी सेना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।