Logo

२०८३, श्रावण ३०गते


images
images

प्रधानमन्त्रीको चीन भ्रमणको एजेण्डा तय भइसकेको छैन : परराष्ट्रमन्त्री

प्रधानमन्त्रीको चीन भ्रमणको एजेण्डा तय भइसकेको छैन : परराष्ट्रमन्त्री

images
  • प्रधानमन्त्रीको चीन भ्रमणको एजेण्डा तय भइसकेको छैन : परराष्ट्रमन्त्री
    images
    images

    बिहीवार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री साउदले प्रधानमन्त्री दाहालको आसन्न चीन भ्रमणको एजेण्डाको अन्तिम टुङ्गो लागि नसकेको बताएका हुन् ।

    images
    images
    images

    उनले भ्रमणको एजेण्डाको सम्बन्धमा द्विपक्ष बीच छलफल चलिरहेको पनि बताए । उनले भ्रमणका क्रममा ठूलो लिस्ट बोकेर जाने भन्दापनि डेलिभरीयोग्य परियोजना र मुद्दाहरूलाई अगाडी बढाउने प्रस्ताव लिएर जाने बताए । उनले चीनले नेपालको पूर्वाधार विकास, कृषि, ऊर्जा, पर्यटन, स्वास्थ्य, शिक्षा लगायत विविध क्षेत्रमा गर्ने सहयोगको विषयलाई एजेण्डा बनाउने विषयमा छलफल भइरहेको जानकारी दिए ।

    images
    images
    images

    सोही विषयहरूमा सम्झौता हुने तयारी भएको उनको भनाई छ । त्यस्तै कोभिडको कारण नियमित हुन नसकेका द्विपक्षीय व्यापार नाका र परम्परागत सीमा नाकाहरू खोल्ने विषयमा पनि छलफल चलिरहेको उनको भनाई छ ।

    images
    images
    images

    उनले भने ‘चीन भ्रमणलाई सफल बनाउनका लागि सरकारको सम्पूर्ण मेसिनरी क्रियाशील रहेको कुरा म जानकारी दिन चाहन्छु । हामीले ठूलो लिस्ट भन्दापनि जो डेलिभरीयोग्य छन् त्यो परियोजनाहरू, ती मुद्दाहरूलाई अगाडी बढ्ने गरेर प्रस्ताव गर्ने विचार गरिराखेका छौँ । चीन र नेपाल परम्परादेखि नै धेरै घनिष्ठ मुलुकका रूपमा रही आएका छन् । चीन उदाउँदो आर्थिक शक्तिको रूपमा रही आएको छ । हालका दिनमा चिनले नेपाललाई विभिन्न क्षेत्रमा सहयोग अनुदान गर्दै आएको छ । यसरी अनुदान गरेका पनि कतिपय रकमहरू हामीले विनियोजन गर्न सकेका थिएनौँ त्यसमा प्राथमिकताहरू निर्धारण गरेर । त्यसमा सम्बन्धित अर्थ मन्त्रालयपनि सम्बन्धित अन्य निकायहरुपनि, परराष्ट्र मन्त्रालय पनि यसको विनियोजन हुन सकोस् भनेर गम्भीर गृहकार्यमा लागेको कुरा जानकारी गराउन चाहन्छु । यसरी अहिले पूरै एजेण्डाहरु फाइनल स्टेजमा नपुगिसकेको हुनाले । हाम्रा एजेण्डाहरु चीनले नेपालको पूर्वाधार विकास, कृषि, ऊर्जा, पर्यटन, स्वास्थ्य, शिक्षा लगायत विविध क्षेत्रमा गर्ने सहयोगको बारेमा हामीहरूको बीचमा छलफल चलिरहेको छ । सोसँग सम्बन्धित विभिन्न समझदारी पत्र र सम्झौताका मस्यौदाका बारेमा पनि दुई पक्षबीच छलफल र तयारी चलिरहेको छ । कोभिडको कारण नियमित हुन नसकेका द्विपक्षीय व्यापार नाका र परम्परागत सीमा नाकाहरू खोल्ने विषयमा पनि छलफल चलिरहेको ब्यहोरा सम्मानित समितिलाई जानकारी दिन चाहन्छु । अन्तिम रूप दिने काम भइरहेकोले अहिले नै यो विषयमा सहयोगको घोषणा हुने वा सम्झौता हुनेबारे हामीले सार्वजनिक गर्न हतार हुने भएकाले उपयुक्त समयमा जानकारी गराउने छौँ ।’

    उनले भ्रमणको एजेण्डाको सम्बन्धमा उपयुक्त समयमा जानकारी गराइने पनि स्पष्ट पारे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # परराष्ट्रमन्त्री
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।