Logo

२०८३, श्रावण ३०गते


images
images

बाल दिवस

बुटवलका प्रमुख र उपप्रमुखले पोशाक र कापी हस्तान्तरण गरेर मनाए बाल दिवस

बुटवलका प्रमुख र उपप्रमुखले पोशाक र कापी हस्तान्तरण गरेर मनाए बाल दिवस

images
  • बुटवलका प्रमुख र उपप्रमुखले पोशाक र कापी हस्तान्तरण गरेर मनाए बाल दिवस
    images
    images

    बुटवल । बुटवलका प्रमुख र उपप्रमुखले बालबालिकालाई पोशाक र कापी हस्तान्तरण गरेर राष्ट्रिय बाल दिवस मनाएका छन्। शुक्रबार राष्ट्रिय बाल दिवसको अवसर पारेर बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय र उपप्रमुख सावित्रादेवी अर्यालले बुटवल ५ मा रहेको बाल विद्यामन्दिरका ३२ जना बालबालिकालाई पोशाक, पोशाक सिलाउने रकम, कापी, पेन्सिल र खाजा दिएका हुन्।

    images
    images
    images

    पोशाक हस्तान्तरण गर्दै नगर प्रमुख पाण्डेयले घरबाट बालबालिकालाई उचित शिक्षा र उपयुक्त वातावरण प्रदान गर्नुपर्ने बताए।

    images
    images
    images
    baldiwas butwal mun.jpg

    'घर नै बालबालिकाको पहिलो सिकाइ गर्ने थलो हो, घरमै उचित वातावरण दिइएन भने बालबालिकाको भविष्य राम्रो हुँदैन-उनले भने-केही आर्थिक स्थिति कमजोर भएका अभिभावकले आफ्ना छोराछोरीलाई माग्न पठाउने र त्यो रकमबाट मदिरा सेवन गर्ने गरेको पनि पाइएको छ, घरमा यस्तो सिकाइ भयो भने बालबालिकाको भविष्य कसरी राम्रो हुन्छ, यसतर्फ पनि हामी सचेत हुनुपर्दछ।'

    images
    images
    images

    कार्यक्रममा बोल्दै उपप्रमुख सावित्रादेवी अर्यालले बालबालिकाको भविष्यबारे अभिभावकले पहिलो चासो दिनुपर्ने र त्यसपछि समाजमा उपयुक्त वातावरण दिनुपर्ने बताइन्।

    कार्यक्रममा बाल संगठनका साजन भण्डारी, बुटवल उपमहानगरपालिकाका निर्देशक तुलसा अर्याललगायतले बोलेका थिए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।