Logo

२०८३, श्रावण ३०गते


images
images

आश्रममा आश्रितलाई माओवादी केन्द्रले खुवायो तीजको दर  

आश्रममा आश्रितलाई माओवादी केन्द्रले खुवायो तीजको दर  

images
  • आश्रममा आश्रितलाई माओवादी केन्द्रले खुवायो तीजको दर  
    images
    images

    बुटवल । महिलाहरुको पर्व हरितालिका  (तीज)को अवसरमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लुम्बिनी प्रदेश  समितीको संयोजनमा मानव सेवा आश्रममा ( बुटवल सुख्खानगर) आश्रितहरुलाई दर खुवाइएकोछ ।  

    images
    images
    images

    आश्रमका ४० भन्दा बढी महिला तथा बालबालिकालाई  दर खुवाइएको अध्यक्ष सुदर्शन बरालले जानकारी दिए ।  

    images
    images
    images

    माओवादी केन्द्रले शुरु गरेको विशेष रुपान्तरण अभियान कै दौरानमा  रचनात्मक कार्यक्रम अन्तरगत  आश्रममा सहयोग गरेको उनले  बताए। "माइती हुने चेलीबेटी माइतमा दर खान जानु होला ।  घरबार बिहिनहरु कहाँ  जाने ?  पार्टी अभिभावक बन्न पर्छ भनेर सानो कोशेली स्वरूप दर खुवाएका हौं  ।" उनले भने - "घरबारबिहिनहरुको संरक्षणको दायित्व सबैको हो भन्ने सन्देश दिन मात्र खोजिएको हो ।" 

    images
    images
    images

    पुर्ब मन्त्री समेत रहेका अध्यक्ष बरालले घरबार बिहिनको संरक्षणको पुर्ण दायित्व सरकारको रहने  र मन्त्री हुँदा  आश्रमको स्थायित्वको लागि काम सुरु गरेको स्मरण गरे ।   

    आश्रममा बिहान एक छाक दर खुवाउनुको साथै आर्थिक सहयोग पनि गरेको कोषाध्यक्ष निर्दोश अलिले जानकारी दिए । 

    पार्टी समितिको संयोजनमा गरिएको कार्यक्रममा माओवादी केन्द्र रुपन्देहीका नेताहरू नारायण जिसि निर्मल, रिज्जु श्रेष्ठ, महेन्द्र भुसाल, लाल बहादुर थापा  लगायतको उपस्थित रहेको थियो । 

    आश्रमको रुपन्देही जिल्ला संयोजक टीका थापाले तिजमा सम्झिएर दर खुवाउन आएकोमा धन्यवाद दिइन । रुपन्देहीको मणिग्राम  पश्चिम पहुनीको आश्रममा १६० जना र बुटवल सुख्खानगर आश्रममा ४० जना गरि रुपन्देहीको आश्रममा २ सय जनाले आश्रय लिएरहेका छ्न । बुटवल आश्रममा महिला र बालबालिका  रहेका छ्न ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।