images

गुल्मीमा जनगणनाका लागि सचेतना कार्यक्रम सम्पन्न

गुल्मीमा जनगणनाका लागि सचेतना कार्यक्रम सम्पन्न

images
  • चैत्र १९, २०७७ बिहिवार २०:०८ बजे
  • 3.0K
    SHARES
  • images
    गुल्मीमा जनगणनाका लागि सचेतना कार्यक्रम सम्पन्न

    १९ चैत, गुल्मी । गुल्मीमा राष्ट्रि जनगणना २०७८  सफल पार्नका लागि सचेतना कार्यक्रम सम्पन्न भएको छ । 

    images

    जिल्ला जनगणना कार्यालय गुल्मीको आयोजनामा सञ्चालन भएको कार्यक्रममा जिल्लाका १२ वटै  स्थानिय तहबाट डाटा निकाल्नको लागि सरोकारवाला र स्थानिय प्रमुख उपप्रमुख राजनितिक दलका प्रमुख प्रतिनिधि बिभिन्न संघ संगठनका प्रतिनिधि र पत्रकारहरु  संग सचेतना कार्याक्रम सञ्चालन गरिएको जनगणना गुल्मीका प्रमुख मदनप्रसाद पोखे्रलले बताएका छन । प्रमुख पोखेरलले जिल्लाका १२ वटै स्थानिय तहलाई समेट्न सक्ने गरि ५ वटा जनगणना कार्यालय स्थापना गर्ने बताएका छन । 

    जसअन्तर्गत धुर्कोट, मदाने, मालिका गाउँपालिकालाई सहज हुने गरि पुर्कोटदह त्यस्तै इस्मा र मुसिकोट नगरपालिकाको लागि वामीटक्सार, गुल्मीदरबार गाउँपालिका र रेसुङ्गा नगरपालिकाको लागि तम्घास, छत्रकोट गाउँपालिका  र रुरुक्षेत्र गाउँपालिकाको लागि बलेटक्सार भने चन्द्रकोट, सत्यवति र कालिगण्डकि गाउँपालिकाको लागि खैरेनीमा कार्यालय रहने प्रमुख पोेखेरलले बताएका छन ।

    त्यस्तै १२ वटा स्थानिय तहको लागि ४३४ जना गणक र १०१ जना सुपरिवेक्षक परिचालित हुने उनले बताएका छन । 

    कार्यक्रममा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रमुख रुद्रा  देवि शर्माले उदेस्य र लक्ष्य अनुसार काम हुने र स्थानिय तहमा काम गर्नका लागि स्थानिय तहका जनप्रतिनिधि, कर्मचारि र सरोकारवाला सवैलाई जनगणना सफल पार्नका लागि सहयोग गरिदिन आग्रह गर्नुभएको छ । 

    २०७७ साल चैत देखि ४ महिनाको कार्य जिम्मेवारी सहित जिल्ला जनगणना कार्यालय स्थापना गरिएको हो ।

    images
  • सम्बन्धित विषय:

  • # गुल्मी

  • सेतोमसी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to setomasi.com