काठमाडौं । प्रधानमन्त्री प्रचण्डले विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गरिने बताएका छन् । न्युयोर्कमा पत्रकारसँगको भेटमा उनले यस्तो बताएका हुन् ।
‘विदेशमा रहेका नेपाली नागरिकहरुलाई मतदानको व्यवस्था मिलाउन निर्वाचन आयोगलाई निर्देशन दिएका छौं,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘अब विदेशमा बस्ने कसैलाई पनि मतदानको अधिकारबाट बञ्चित गरिने छैन।’
संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा सहभागि हुन अमेरिका पुगेका प्रधानमन्त्री प्रचण्ड आगामी बिहीबार महासभालाई सम्वोधन गर्नुअघि अल्पविकसित राष्ट्रको अध्यक्षको हैसियतले विभिन्न साईडलाईन बैठकमा सहभागिता जनाउने कार्यक्रम छ ।
प्रधानमन्त्री प्रचण्डले नेपाल अल्पविकसित राष्ट्रको अध्यक्ष भएका कारण पनि अहिले महासभामा सहभागि हुनु परेको बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology