Logo

२०८३, कार्तिक २५गते


images
images

विद्यालय बन्द गरे कारवाही हुन्छ : देवदह नगरप्रमुख खरेल 

विद्यालय बन्द गरे कारवाही हुन्छ : देवदह नगरप्रमुख खरेल 

images
  • विद्यालय बन्द गरे कारवाही हुन्छ : देवदह नगरप्रमुख खरेल 
    images

    राहुल देव सापकोटा, देवदह । यतीबेला देश शिक्षकको आन्दोलनले तातेको अवस्था छ । नेपाल शिक्षक महासंघको आह्वानमा काठमाडौंको माइतीघरमा हिजोबाट शिक्षकहरुको आन्दोलन चलिरहेको छ । कारण हो, नेपाल सरकारले ल्याउन लागेको शिक्षा विधेयक सच्चाइनुपर्ने माग । 

    images
    images
    images

    सो विधेयक शिक्षकको पक्षमा नभएको र त्यसले समग्र शिक्षण पेशालाइनै धरापमा पार्ने भन्दै शिक्षकहरु आफ्ना माग सहित आन्दोलनमा उत्रीएका हुन । नेपाल भरीबाट करिव एक लाख शिक्षक आन्दोलनमा उत्रीएका थिए। आज पनि सो आन्दोलन माइतीघर मन्डलामा १० बजेबाट हुनेछ। 

    images
    images
    images

    सोही सन्दर्भमा शिक्षक आन्दोलनमा गएपछि देवदहका सबै सामुदायिक विद्यालय बन्द हुने अवस्था आएको छ । हामीले यसै सन्दर्भमा देवदहबाट आन्दोलनको नेतृत्व गरिरहेका, शिक्षक महासंघ देवदहका अध्यक्ष निर्मल ढुङ्गानासङ्ग  कुराकानी गर्यौं । विद्यालय बन्दनै हुने अवस्था हो ? भन्ने हाम्रो प्रश्नमा उनी भन्छन- 'सरकारसङ्ग हाम्रो वार्ता नमिलेसम्म हामी विद्यालय बन्द गर्न बाध्य छौँ । विद्यार्थीलाई घरमै बसेर अध्यन आग्रह गर्दै उनले पछी बिदाको समयमा विद्यार्थीहरुलाई बोलाएर अध्यापन गराउने बताए । उनले भने "हामी क्रेडिट आवर पुर्याउँछौँ, विद्यार्थीलाई हामिले पाउने विभिन्न बिदा कटौती गरेर भए पनि अध्यापन गराउँछौँ । 

    images
    images

    तर अन्य पालिका प्रमुखले झै देवदह नगरपालिकाका नगरप्रमुख ध्रुव प्रसाद खरेलले विद्यालय बन्द रहने र त्यसले विद्यार्थीहरुलाइ प्रत्यक्ष असर पर्ने हुँदा विद्यालय बन्द नगर्न आग्रह गरेका छन । 

    नगरप्रमुख खरेल भन्छन, 'शिक्षकहरु आफ्नो अधिकारका लागि लडिरहँदा आफ्नो कर्तव्य बिर्सनुहुँदैन ।' उनले थपे "आज हामी विज्ञप्ती जारी गर्छौ र आवश्यक अनुसार कानुनी कारवाहीका प्रकृया अगाडी बढाउछौ"

    यसरी कहिले विद्यालय व्यवस्थापन समिती चयनका सन्दर्भको राजनीतिबाट त कहिले यस्ता आन्दोलनबाट एक छाक खाएर सामुदायिक विद्यालय अध्ययन  गर्न आउने विद्यार्थीको  भविष्य कता डोर्याउला ?

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नगरप्रमुख खरेल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।