देवदह । देवदह नगरपालिकाका प्रमुख धुर्व प्रसाद खरेलले प्राविधिक शिक्षाको विकासबाट मात्र दक्ष जनशक्ति उत्पादन हुने बताएका छन् । देशमा विद्यमान बेरोजगारी समस्या हल गर्नका लागि पनि प्राविधिक शिक्षा अपरिहार्य रहेको उनको भनाई छ ।
नगर प्रमुख खरेलले देवदह नगरपालिका प्राविधिक शिक्षाको विकासका लागि सँधै तत्पर रहेको बताउँदै हरेक विद्यालयले यसतर्फ ध्यान दिनुपर्ने बताए । व्यवसायिक उत्पादक कार्यक्रम सम्बन्धी केरवानी माध्यमिक विद्यालय देवदह -५, रूपन्देहीले गरेको सार्वजनिक सुनुवाई कार्यक्रम समापनको अवसरमा बोल्दै खरेलले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै नगर प्रमुख खरेलले केरवानी माध्यमिक विद्यालय यो क्षेत्रकै नमुना विद्यालय भएका कारण यसले गर्ने हरेक कृयाकलापलाई आम अभिभावकले महत्वका साथ हेर्ने गरेको बताए ।
उनले विद्यार्थीहरूमा सानै उमेर देखि उत्पादन सँग जोडिने बानीको विकास हुन सके देशमा बढ्दो बेरोजगारी समस्या हल हुने बताउँदै अबको समय विद्यार्थीहरूले पढ्दै कमाउँदै गर्नुपर्ने उल्लेख गरे ।
जसका कारण व्यावसायिक क्षेत्रमा फाइदा पुग्ने उनले बताए । फरक प्रसङ्गमा खरेलले केही समय अघि विद्यालय परिसरमा बाढीका कारण लाखौको क्षति भएको र चाइना स्टेट कम्पनीको लापरबाहीका कारण उक्त दुर्घटना भएको बताउँदै सो को क्षतिपुर्ति दिलाउने प्रयत्न भई रहेको जानकारी गराए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम कृष्ण पौडेलको अध्यक्षता, सदस्य सुशीला भट्टराईको स्वागत र शिक्षक यज्ञ प्रसाद न्यौपाने को सञ्चालनमा भएको कार्यक्रममा प्रधानाध्यापक निर्मल ढुङ्गानाले आर्थिक विवरण पेश गरेका थिए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ भैरहवा रूपन्देहीको सहयोग र केरवानी मावि प्राविधिक धार, बाली विज्ञान शाखाको आयोजनामा सम्पन्न भएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology