Logo

२०८३, श्रावण ३०गते


images
images

बालबालिकाको लागि लगानी योजना तयारी कार्यशाला सम्पन्न

बालबालिकाको लागि लगानी योजना तयारी कार्यशाला सम्पन्न

images
  • बालबालिकाको लागि लगानी योजना तयारी कार्यशाला सम्पन्न
    images
    images

    नविन लुइँटेल, देवदह । रुपन्देहीको देवदहमा बालबालिकाको लागि आवधिक लगानी योजना तयारी कार्यशाला गोष्ठी सम्पन्न भएको छ। देवदह नगरपालिका  वडा नं ५ को आयोजनामा पानबारीस्थित स्वास्थ्य तालिम केन्द्रमा एकदिने कार्यशाला गोष्ठी सम्पन्न भएको हो । 

    images
    images
    images

    कार्यशालामा बोल्दै वडा अध्यक्ष गणेश डुम्रेले नगरपालिकाको वार्षिक योजना किताब नछापिदै वडाले र वडा बाल क्लबले ३ वटा काम गरिसकेको बताए।   फागुन २ गतेको दिन बाल मैत्री वडा घोषणा गर्ने गरि आफूहरू अघि बढेको बताउंदै उनले गोष्ठीमा छलफल भएको योजनालाई सम्पादन गरि तोकिएको समयमा कार्यान्वयनमा ल्याउन सरोकारवालालाई आग्रह गरे । 

    images
    images
    images

    गोष्ठीमा प्रशिक्षकको रुपमा सहभागी शर्मिला पौडेलले बालमैत्री  वडा बनाउनको लागि गर्नैपर्ने सुचक,  काम र कर्तव्य बारेमा विश्लेषण गरेकी थिइन।  

    images
    images
    images

    कार्यक्रममा वडाका जनप्रतिनिधि,  वडा बाल संजाल, बाल सन्जाल फोकल पर्सन, स्वास्थ्य स्वयंसेविका र विभिन्न विद्यालयका विद्यार्थीको उपस्तिथि रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सेतोमसि संवाददाता
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।