बुटवल । लुम्बिनी कानूनी अनुसन्धान केन्द्र बुटवलको दोस्रो सधारण सभा बुटवलमा सम्पन्न भएको छ । अनुसन्धान केन्दका अध्यक्ष अधिवक्ता मदन कुमार पुनको अध्यक्षता तथा लुम्बिनी प्रदेश सरकारका गृहमन्त्री सन्तोष कुमार पाण्डेको प्रमुख आतिथ्यता सम्पन्न भएको हो ।
साधारण सभामा प्रमुख अतिथीको रुपमा बोल्दै मन्त्री पाण्डेले कानून कार्यन्ययनमा देखिएका समस्याहरु सबै मिलेर समाधान गनुपर्ने बताए । संघियताको कार्यान्वयन भएका समस्या र त्यसको समाधानको लागि कानूनी अनुसन्धान केन्द्रसंग मिलेर अघि बढ्ने उल्लेख गरे।
साधारण सभामा बोल्दै प्रा. डा. नारायण बेल्बासेले अनुसन्धान केन्द्रले कानुनको क्षेत्रमा निरन्तर अनुसन्धान अगाडि बढाइ यसले कानुन निर्माण तथा विद्यमान कानूनको बारेमा समेत गहिरो अनुसन्धान गर्नुपर्नेमा जोड दिए । त्यसैगरी वरिष्ठ अधिवक्ता लिलाधर मरासिनीले कानुनको क्षेत्रमा संस्थागत अनुसन्धान आवश्यक रहेको उल्लेख गर्दै राज्यका कानुन निर्माणमा अनुसन्धान केन्द्रले सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा अधिवक्ताहरू हेमराज शर्मा, बिमल गिरी, अनुप पोख्रल, दामोदर घिमिरे लगायतले बोलेका थिए।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology