Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीतिक वितृष्णा र जेन्जी आन्दोलनबारे बुटवलमा कानूनी व्यवसायीहरूको विचार विमर्श

राजनीतिक वितृष्णा र जेन्जी आन्दोलनबारे बुटवलमा कानूनी व्यवसायीहरूको विचार विमर्श

images
  • राजनीतिक वितृष्णा र जेन्जी आन्दोलनबारे बुटवलमा कानूनी व्यवसायीहरूको विचार विमर्श
    images
    images

    बुटवल । लुम्बिनी कानूनी अनुसन्धान केन्द्रले विचार विमर्श तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ । बुधवार बुटवलमा आयोजित कार्यक्रममा जेन्जी आन्दोलन, त्यसले पारेको प्रभाव, कानूनी तथा संवैधानिक जटिलता, आन्दोलनको आवरणमा भएका ऐतिहासिक तथा पुरातात्विक सम्पदामाथि आक्रमण जस्ता विषयमा कानुनविद् तथा सरोकारवालाहरूले दृष्टिकोण प्रस्तुत गरेका थिए ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता तेज प्रसाद कणेलले राजनीतिक दलप्रतिको वितृष्णाले असंगठित युवाहरू विद्रोहमा उत्रिएको बताए  । उनले त्यसलाई संगठित र संस्थागत बनाएर जेन्जीको भावना अनुसार अघि बढ्नुपर्नेमा जोड दिए । दलहरूले नेतृत्व र संरचनात्मक सुधार गर्न ढिला गर्न नहुनेमा जोड दिदै उनले परिवर्तनलाई स्वीकार गर्न आनाकाना गर्न नहुने बताए ।

    images
    images
    images

    वरिष्ठ अधिवक्ता दिलबहादुर शाहनीले आन्दोलन हुनु अपरिहार्य रहेको र त्यसको विकल्प नभएकाले युवा पुस्ताले विद्रोहको बाटो रोजेको धारणा राखे । त्यस्तै अर्का वरिष्ठ अधिवक्ता लिलाधर मरासिनीले जेन्जी पुस्ता प्राविधिक र तार्किक हिसाबले अब्बल रहेकाले भ्रष्ट नेतृत्त्वविरुद्ध उठेको आन्दोलनबाट प्राप्त उपलब्धि जोगाएर लैजानुपर्नेमा जोड दिए ।

    images
    images
    images

    कार्यक्रममा नेपाल कानून व्यवसायी परिषद्का पूर्व पार्षद अधिवक्ता बाबुराम पाण्डे, नेपाल बार एसोसिएसनका निवर्तमान उपाध्यक्ष अधिवक्ता पशुपति भण्डारी, केन्द्रीय सदस्य अधिवक्ता इन्दिरा आचार्य, उच्च अदालत बार एसोसिएसन बुटवलका अध्यक्ष अधिवक्ता गोविन्द प्रसाद मरासिनी, संस्थाका निवर्तमान अध्यक्ष अधिवक्ता मदनकुमार पुन लगायतका कानूनी व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

    साथै अधिवक्ता ज्ञानु के.सी., अधिवक्ता लालबहादुर बस्नेत, अधिवक्ता हेमराज शर्मा, अधिवक्ता नेत्रलाल पाण्डे, अधिवक्ता बिरेन्द्र पाण्डे, अधिवक्ता केशव बस्यालसहित जेन्जी पुस्ताका कानूनका विद्यार्थीहरुको पनि सक्रिय सहभागिता रहेको थियो ।

    संस्थाका अध्यक्ष अधिवक्ता दामोदर घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव अधिवक्ता अनुप पोख्रेलले गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।