Logo

२०८३, श्रावण ३०गते


images
images

मूर्तिकार कुमालेका अद्वितीय कलाको संरक्षण र संवर्द्धन गर्न सक्नुपर्दछः उपराष्ट्रपति यादव

मूर्तिकार कुमालेका अद्वितीय कलाको संरक्षण र संवर्द्धन गर्न सक्नुपर्दछः उपराष्ट्रपति यादव

images
  • मूर्तिकार कुमालेका अद्वितीय कलाको संरक्षण र संवर्द्धन गर्न सक्नुपर्दछः उपराष्ट्रपति यादव
    images
    images

    काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले मूर्तिकार कालु कुमालेका अद्वितीय कलाको संरक्षण र प्रवद्र्धन गर्न सक्नुपर्ने बताएका छन । 

    images
    images
    images


    मंगलवार ललितपुरमा आयोजित एक कार्यक्रमका बीच मूर्तिकार कुमालेको ‘देउता बनाउने मान्छे’ नामक पुस्तक सार्वजनिक गर्दै उनले सो कुरा बताएका हुन । उपराष्ट्रपति यादवले मूर्तिकार कुमालेजस्तो महत्वपूर्ण स्रष्टा, सृजनाकार, कलाकार र व्यक्तित्वलाई सबैले सम्मान गर्नुपर्ने समेत बताए ।

    images
    images
    images

    उनिद्वारा सृर्जित मूर्तिहरु मठ, मन्दिर, विहार, गुम्बाहरुमा पुजिँदै आएको र विश्वको प्रख्यात भिक्टोरिया एण्ड एल्वर्ड म्युजियमसहित विभिन्न मुलुकमा पुगिसकको उल्लेख गर्दै उनले यो मुलुक र कला क्षेत्रका लागि एउटा गौरवको विषय पनि बताए। उपराष्ट्रपति यादवले मूर्ति बनाएरै देशविदेशमा समेत लोकप्रिय हुनुभएका मूर्तिकार कुमाले अन्य कलाकारहरुका लागि पनि प्रेरणा र उत्पेरित गर्ने व्यक्तिको रुपमा स्थापित हुनु भएको पनि स्पष्ट पारे । उनले मूर्तिकार कुमालेले मूर्ति बनाएर पनि जीवनयापन गर्न सकिन्छ भन्ने दृष्टान्त पेश गरेको भन्दै खुशी व्यक्ति गरे । 

    images
    images
    images

    उपराष्ट्रपति यादवले कुमालेले मूर्तिकलाको माध्यामबाट गरिव किसान परिवारमा जन्मिएर पनि धैर्य र लगनशील भए सफलताको शिखर चुम्न सकिन्छ भन्ने उदाहरण पेश गरेको पनि उल्लेख गरे । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # उपराष्ट्रपति यादव
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।