सुमन जैसवाल, लुम्बिनी । गैडहवा गाउँपलिकामा रुपन्देहीको जिल्लाभित्रका १६ पालिकाहरुको घुम्ती बैठक कार्यक्रम सम्पन्न भएको छ ।
प्रत्येक महिनाको १० गते जिल्ला समन्वय समितिको समन्वयमा बस्ने बैठकले रुपन्देही जिल्लाका पालिकाभित्रका समस्या र स्थानीय जनताका आवश्यकता बारेमा छलफल गर्दै आएको गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले जानकारी दिए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष उमकान्त चापागाईंले हरेक क्षेत्रसंग समन्वय गरेर विकाससंगै अन्य क्षेत्रमा काम गर्दै आएको बताए । यस्तै रुपन्देहीका जिल्ला प्रमुख जिल्ला अधिकारी गणेश अर्याल जिल्लाका सबै पालिकासंग समन्वय गरेर शान्ति सुरक्षा लगायतको बारेमा काम गर्ने बताउँदै आफुले जुनसुकै समयमा सेवा दिने बताए ।
गैडहवा गाउँपालिकाको कार्यलयमा भएको बैठकमा रुपन्देही जिल्लाका १६ वटा पालिका प्रमुख तथा प्रतिनिधि र सुरक्षा निकाय लगायतको सहभागिता रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology