दिनेश प्रसाद लोध, लुम्बिनी । रुपन्देहीको गैडहवा गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु भएको छ ।
'राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, सबैका लागि खेलकुद' भन्ने नारासहित सुरु भएको पाँचौं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता माघ ७ गतेसम्म हुनेछ।
रनिङ सिल्डको उद्घाटन समारोहमा बोल्दै गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेलले खेलकुदको महत्वबारे चर्चा गरे । खेलकुद प्रतिस्पर्धामाबाट विद्यार्थीहरुमा आत्मबल बढ्नुका साथै खेलकुदको जगतमा गैडहवाको पहिचान स्थापित गर्न
रनिङ सिल्ड महत्वपुर्ण हुने दावी गरे ।
पालिकाका शिक्षा प्रमुख माधव राज पौडेल अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा पालिका उपाध्यक्ष मधुरी जैसवाल, पुर्व पालिका अध्यक्ष बछु लाल केवट, प्रशासकीय अधिकृक कृष्ण प्रसाद पन्थी, वडा अध्यक्षहरु, राजनैतिक दलका जनप्रतिनिधि, गैडहवाका विद्यालयका शिक्षक विद्यार्थीहरुको उपस्थिति थियो ।
कार्यक्रम अघि विभिन्न झाँकी र बाजा गाजासहितको र्याली आयोजना गरिएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology