देवदह । रुपन्देहीको देवदहमा विश्व मुटु दिवसको अवसरमा मुटु सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
आमा नेपाल संस्थाको आयोजना र लुम्बिनी पाना मिडियाको समन्वयमा मुटु रोग सचेतना सम्बन्धि कार्यक्रम सम्पन्न भएको हो ।
सचेतना कार्यक्रममा "नियमित व्यायाम गरौँ, ‘स्वस्थ जीवनशैली नै हो, स्वस्थ मुटुको आहार’, ‘स्वस्थ मुुटु, सशक्त जीवन’,‘स्वस्थ मुुटुका लागि हिँड र दौड’, ‘सुखी जीवनका लागि मुटु स्वस्थ राखौं’‘मुटुमा ऊर्जा थपौं, जीवनलाई सशक्त बनाऔं’,‘हृदयाघातको जोखिमबारे जानी राखौं’ लगायतका नारा लेखिएको प्ले कार्ड बोकिएको थियो ।
सचेतना कार्यक्रममा मन्तव्य व्यक्त गर्दै देवदह नगरपालिकाका नगर उपप्रमुख विद्या लक्ष्मी गुरुङले मुटु शरीरको अत्यन्तै महत्त्वपूर्ण अङ्ग भएकोले मुटु रोग लाग्न नदिनका लागि विषेश सचेत रहनुपर्ने बताउनुभयो ।
बर्षेनी मुटु रोगका विरामी मुटु सम्बन्धि रोगका विरामी बढेकोले खानपिनमा विषेश ध्यान दिएर स्वस्थ मुटु स्वास्थ्य शरीर बनाउनका लागि लाग्नुपर्ने बताउनुभयो ।
मुटु स्वास्थ्य राख्नका लागि नियमित व्यायाम गर्नुपर्ने, प्याकेजिङ्ग गरिएका खाना खान नहुने, खेलकुदमा ध्यान दिनुपर्ने, तनाव कम गर्नका लागी योगा, ध्यान गर्नुपर्ने उपप्रमुख गुरुङको भनाई थियो ।
देवदह नगर अस्पतालका प्रमुख डा. संज्ञा सेनले शरीर स्वस्थ राख्नका लागि 'मुटु स्वस्थ' राख्नुपर्ने बताउनुभयो ।
मुटुरोग उच्च रक्तचाप, उच्च कोलेस्टोर, धुम्रपान,मधुमेह (सुगर),व्यायामको कमी, मद्यपान सेवन लगायतका कारणले लाग्ने भएकोले तारेको, पोलेको नखाने, नुन कम खाने, मोटोपन घटाउने, मद्यपान धूम्रपान सेवन नगर्ने र नियमित व्यायाम गर्नुपर्ने बताउनुभयो ।
डा. सेनका अनुसार मुटु, एउटा सानो पम्पजस्तो अङ्ग भएको र हाम्रो छातीमा जन्मेदेखि मृत्यु नहुँदासम्म रहन्छ । यसले रगतको चाप हरेक धमनी अनि कोशिकाहरूमा पठाइरहन्छ ।
हरेकवर्ष करिब २ करोड मान्छेहरू हृदयघात अनि हृदयसम्बन्धी रोग अनि समस्याहरूले मृत्युवरण गरिरहेको तथ्याङ्क रहेको र नेपालमा पनि हरेक वर्ष ७० देखि ७५ लाख जनसंख्या मुटु सम्बन्धि रोगको जोखिममा रहेको बताउनुभयो ।
आमा नेपालका कार्यक्रम प्रमुख निर्मल एसपी मगरले आमा नेपाल अर्थात् नौरुपा फाउन्डेसनले स्वास्थ्य सचेतना तथा विभिन्न सामाजिक क्रियाकलाप गर्दै आएको र मुटु रोग सम्बन्धिको जोखिम कम गर्न स्वास्थ्य सचेतनाको आयोजना गरिएको बताउनुभयो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology