देवदह । विश्व मुटु दिवस २०२६ को अवसरमा रोटरी क्लब अफ देवदहले विद्यार्थी लक्षित मुटु स्वास्थ्य सचेतना कार्यक्रम गरेको छ । देवदह आदर्श बहुमुखी क्याम्पसमा आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई मुटु स्वास्थ्य, मुटुरोगका जोखिम तथा रोकथामका उपायबारे जानकारी दिइएको हो ।
यसबर्ष दिवसको मूल नाराका रूपमा रहेको ‘डोन्ट मिस अ बिट’ भन्ने सन्देशसहित आयोजित कार्यक्रममा देवदह मेडिकल कलेज तथा रिसर्च इन्स्टिच्युटका एसोसिएट प्रोफेसर तथा एन्डोक्राइनोलोजिस्ट विशेषज्ञ डा. सुन्दर पाण्डेले मुटुको स्वास्थ्य, मुटुरोगबाट बच्ने उपाय, स्वस्थ जीवनशैली तथा मुटुरोगका जोखिमबारे विद्यार्थीहरूलाई जानकारी गराएका थिए ।
रोटरी क्लब अफ देवदहका अध्यक्ष नारायण भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस व्यवस्थापन समिति अध्यक्ष वासुदेव रिमाल, क्याम्पस प्रमुख जयकिशन अधिकारी, सहायक क्याम्पस प्रमुख नवीनकुमार श्रेष्ठ लगाएतको उपस्थिति थियो ।
विद्यार्थीहरूमा मुटु स्वास्थ्यसम्बन्धी ज्ञान अभिवृद्धि गर्दै रोगको समयमै पहिचान तथा रोकथामका लागि सचेतना फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको क्लवका सचिव रामचन्द्र उपाध्यायले जानकारी दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology