काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त राष्ट्र संघमा यसपटक देखिने गरी नेपाललाई प्रश्तुत गरिएको बताएका छन ।
प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्र संघको ७८ औं महासभामा आफूले गरेको सम्बोधनबाट यस पटक नेपाल देखिने गरी प्रश्तुत हुन सफलता मिलेको दाबी गरेका हुन । आफनो हालै सम्पन्न संयुक्त राष्ट्र संघको महासभा र चीनको औपचारिक भ्रमणबारे आईतवार प्रतिनिधि सभा बैठकमा जानकारी गराउँदै उनले नेपालको शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउनका लागि अन्तर्राष्ट्रिय समुदायको सदभाव बटुल्न पनि आफ्नो भ्रमण सफल भएको बताए ।
नेपालमा द्वन्द्वबाट शान्तितर्फ रुपान्तरणको सफल उदाहरणलाई अन्तर्राष्ट्रिय समुदायले उचित मान्यता दिनुपर्ने, दिगो विकासका लक्ष्यहरुको कार्यान्वयन तथा जलवायु परिवर्तनका प्रभावहरुबारे नेपाल लगायत अतिकमविकसित मुलुककाहरुका चुनौति र तिनको सम्बोधनका लागि विश्व समुदायको ध्यानाकर्षण गराउने विषयमा पनि आफूले संयुक्त राष्ट्र संघको महासभामा धारणा राखेको प्रधानमन्त्री दाहालको भनाई थियो ।
उनले भने, ‘संयुक्त राष्ट्रंसंघको महासभामा प्रधानमन्त्रीस्तरबाट भएको सहभागिताबाट नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउन संयुक्त राष्ट्र संघ र अन्तर्राष्ट्रिय समुदायको सदभाव हासिल गर्ने, नेपालमा द्वन्द्वबाट शान्तितर्फ रुपान्तरणको सफल उदाहरणलाई अन्तर्राष्ट्रिय समुदायले उचित मान्यता दिनुपर्ने, दिगो विकासका लक्ष्यहरुको कार्यान्वयन, तथा जलवायु परिवर्तनका प्रभावहरुबारे नेपाल लगायत अतिकमविकसित मुलुककाहरुका चुनौति र तिनको सम्बोधनका लागि विश्व समुदायको ध्यानाकर्षण गराउने विषयमा नेपाल यस पटक देखिने गरी प्रश्तुत गर्न सफलता मिलेको छ ।’
प्रधानमन्त्री दाहालले आफ्नो चीन भ्रमणले दुई मुलुकबीचको राजनीतिक तहमा विश्वासको वातावरण बनेको बताए । उनले नेपाल–चीनबीचको जनस्तरको सम्बन्धलाई प्रगाढ बनाउन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलहरुमा चीनबाट सोझै हवाई उडान गरिनुका साथै विज्ञान र प्रविधिको क्षेत्रमा सहकार्य गर्ने, द्धिपक्षीय व्यापार बिस्तार गर्ने विषयमा समेत बिस्तारपूर्वक छलफल भएको बताए ।
प्रधानमन्त्री दाहालले चिनियाँ नेतृत्वसँग आफूले व्यापार, लगानी, अन्तरदेशीय यातायात सञ्जाल र आर्थिक–सामाजिक साझेदारी वृद्धि गर्दै लैजाने दिशातर्फ केन्द्रित रहेर छलफल गरेको पनि बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology