Logo

२०८३, श्रावण ३०गते


images
images

राष्ट्रसंघको महासभामा नेपालको मत युक्रेनलाई

राष्ट्रसंघको महासभामा नेपालको मत युक्रेनलाई

images
  • राष्ट्रसंघको महासभामा नेपालको मत युक्रेनलाई
    images
    images

    काठमाडौं । नेपालले संयुक्त राष्ट्र संघको महासभामा ‘युक्रेनमा व्यापक, न्यायपूर्ण र दिगो शान्तिको विकास’ भन्ने प्रस्तावको पक्षमा मतदान गरेको छ । नेपालले छिमेकी भारत र चीनभन्दा भिन्न धारणा राख्दै प्रस्तावको पक्षमा मतदान गरेको हो ।

    images
    images
    images

    युक्रेनमा रुसी आक्रमण चलेको तीन वर्षपछि राष्ट्र संघ महासभाले प्रस्ताव पारित गरेको हो । युक्रेनको न्याय र शान्तिका पक्षमा ९३ देश उभिएका छन् । जसमा नेपाल पनि रहेको छ । प्रस्तावको विपक्षमा १८ देश उभिएका छन् भने ६५ देश मतदानमा गयल रहे । नेपालका छिमेकी मुलुक भारत र चीन पनि गयल बसेका हुन् ।

    images
    images
    images

    यसअघि युक्रेनलाई साथ दिँदै आएको अमेरिकाले भने अडान परिवर्तन गरेको छ । उसले युक्रेनको विपक्षमा मतदान गरेपछि विश्वभरि अमेरिकी मान्यता बदलिएको प्रसङ्गबारे चर्चा सुरु भएको छ । अमेरिकासँगै रुस, उत्तर कोरिया, बेलारुस लगायत देशले समेत प्रस्तावको विपक्षमा मतदान गरेका छन् । जर्मनी, बेलायत, फ्रान्सलगायत देश भने पक्षमा रहेका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।