Logo

२०८३, श्रावण ३०गते


images
images

अन्तर्राष्ट्रिय

युक्रेनका सेना प्रमुख बर्खास्त

युक्रेनका सेना प्रमुख बर्खास्त

images
  • युक्रेनका सेना प्रमुख बर्खास्त
    images
    images

    काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशका सेनाप्रमुख ओलेक्सान्दर सिर्स्कीलाई पदबाट हटाउँदै उनको स्थानमा युद्ध अनुभव भएका वरिष्ठ सैन्य कमान्डर मिखाइलो द्रापातीलाई नियुक्त गरेका छन् । रक्षामन्त्री मिखाइलो फेदोरोभलाई हटाइएको निर्णयको विरोधमा देशभर लगातार प्रदर्शन भएपछि जेलेन्स्कीले सेनाको नेतृत्व परिवर्तन गरेका हुन्।

    images
    images
    images

    ३५ वर्षीय फेदोरोभलाई युक्रेनी सेनामा प्रविधिको प्रयोग बढाउने, भ्रष्टाचार नियन्त्रण गर्ने र युद्ध रणनीतिलाई आधुनिक बनाउने व्यक्तिका रूपमा व्यापक प्रशंसा गरिएको थियो । उनी पदबाट हटेपछि सिर्स्कीसँगको मतभेद नै त्यसको मुख्य कारण रहेको पुष्टि भएको थियो । त्यसपछि सिर्स्कीको राजीनामा वा बर्खास्तीको माग गर्दै विभिन्न सहरमा प्रदर्शन भएका थिए ।

    images
    images
    images

    नवनियुक्त सेनाप्रमुख द्रापातीले सामाजिक सञ्जालमार्फत देशको रक्षा गर्ने सैनिकप्रति सम्मानका साथ पूर्ण जिम्मेवारी लिएर काम गर्ने बताएका छन् । उनले पूर्व सेनाप्रमुख सिर्स्कीको योगदानको पनि प्रशंसा गर्दै युक्रेनी सेनालाई बलियो बनाउन उनले खेलेको भूमिकाप्रति आभार व्यक्त गरेका छन् ।

    images
    images
    images

    राष्ट्रपति जेलेन्स्कीले सिर्स्कीले सन् २०२२ मा रुसको पूर्ण आक्रमण सुरु हुँदा राजधानी किभको सफल रक्षामा महत्वपूर्ण भूमिका खेलेको भन्दै धन्यवाद दिएका छन् । उनले पूर्व रक्षामन्त्री फेदोरोभलाई पनि सरकारभित्र उपयुक्त जिम्मेवारी दिने प्रस्ताव गरिएको जानकारी दिएका छन्, तर उनले उक्त प्रस्ताव स्वीकार गरेका छन् वा छैनन् भन्ने खुलाइएको छैन ।

    फेदोरोभले द्रापातीको नियुक्तिलाई स्वागत गर्दै यसलाई स्वतन्त्रता र न्यायका लागि भइरहेको संघर्षमा नयाँ आशाको सुरुआत भएको बताएका छन् । उनले सेनामा सुधारको गति अझ तीव्र बनाउन आवश्यक रहेको उल्लेख गर्दै विगतका कमजोरी सच्याउँदै अगाडि बढ्नुपर्ने धारणा पनि राखेका छन् ।

    हाल कार्यवाहक रक्षामन्त्रीका रूपमा येभहेनी ख्मारा कार्यरत छन् । राष्ट्रपति जेलेन्स्कीले ख्मारा र द्रापातीलाई सैन्य संरचना सुधार, हतियार आपूर्ति, ड्रोन प्रविधिको विस्तार तथा समग्र रक्षा रणनीतिलाई नयाँ ढंगले अघि बढाउने योजना तयार गर्न निर्देशन दिएका छन् । युक्रेनमा जारी युद्धका बीच गरिएको यो नेतृत्व परिवर्तनलाई देशको रक्षा प्रणालीमा महत्वपूर्ण राजनीतिक तथा सैन्य फेरबदलका रूपमा हेरिएको छ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # युक्रेन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।