Logo

२०८३, श्रावण ३०गते


images
images

अन्तर्राष्ट्रिय

पुटिनको निवासमा युक्रेनले आक्रमण प्रयास गरेको रुसको आरोप

पुटिनको निवासमा युक्रेनले आक्रमण प्रयास गरेको रुसको आरोप

images
  • पुटिनको निवासमा युक्रेनले आक्रमण प्रयास गरेको रुसको आरोप
    images
    images

    काठमाडौँ । युक्रेनले नोभगोरोड क्षेत्रमा रहेको राष्ट्रपति भ्लादिमिर पुटिनको आधिकारिक निवासमा आक्रमण गर्ने प्रयास गरेको दाबी गरिएको छ । 

    images
    images
    images

    रिपोर्टका अनुसार रुसले युक्रेनले डिसेम्बर २८ को राति ९१ वटा लामो दूरीको ड्रोनले रुसी राष्ट्रपतिको आधिकारिक निवासलाई निशाना बनाएको रुसको दाबी छ । रुसी विदेशमन्त्री सर्गेई लाभरोभले रुसी वायु रक्षा प्रणालीले सबै ड्रोनहरू नष्ट गरेको जानकारी दिएका छन् । त्यस्तै उनले यस घटनापछि युक्रेनसँगको शान्ति वार्ताको समिक्षा गर्ने बताएका छन् ।

    images
    images
    images

    उनले 'गैरजिम्मेवार कार्यहरू' अनुत्तरित नछोडिने बताउदै यस घटनालाई राज्य-प्रायोजित आतंकवाद भनेका छन् । लाभरोभले रुसी सशस्त्र सेनाले प्रतिशोधात्मक हमलाहरूको लागि पहिले नै लक्ष्यहरू पहिचान गरिसकेको बताएका छन् ।

    images
    images
    images

    रुसी विदेशमन्त्रीले सम्भावित शान्ति सम्झौताको बारेमा युक्रेनसँग वार्ता भइरहेको समयमा भएको भन्दै रूस वार्ताबाट पछि हट्ने छैन, तर वार्ताको सम्बन्धमा मस्कोको अडान समीक्षा गरिने बताए ।

    यसैबीच, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले यी आरोपहरूलाई झूटो भनेर खारेज गरेका छन् । उनले रूसले कीभमा सरकारी भवनहरूमा आक्रमणको लागि वातावरण सिर्जना गर्न खोजिरहेको आरोप लगाएका छन् ।

    यसैबीच, आक्रमणको समयमा राष्ट्रपति पुटिन निवासमा उपस्थित थिए कि थिएनन् भन्ने कुरा स्पष्ट भएको छैन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पुटिन
  • # युक्रेन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।