Logo

२०८३, श्रावण ३०गते


images
images

अन्तर्राष्ट्रिय

बुढ्यौली प्रक्रिया रोक्न अर्बौं डलर खर्च गर्दै पुटिन

बुढ्यौली प्रक्रिया रोक्न अर्बौं डलर खर्च गर्दै पुटिन

images
  • बुढ्यौली प्रक्रिया रोक्न अर्बौं डलर खर्च गर्दै पुटिन
    images
    images

    काठमाडौँ । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले उमेरसँगै शरीर कमजोर हुने प्रक्रियालाई रोक्ने उद्देश्यसहित ठूलो सरकारी परियोजना सुरु गरेका छन् । करिब २६ अर्ब अमेरिकी डलर लागतको यो कार्यक्रमलाई राज्यस्तरको दीर्घायू अनुसन्धान अभियानका रूपमा अघि बढाइएको हो ।

    images
    images
    images

    यस कार्यक्रमको नाम 'नयाँ स्वास्थ्य संरक्षण प्रविधि कार्यक्रम' राखिएको छ । यसअन्तर्गत वैज्ञानिकहरूले विशेष प्रजातिका साना सुँगुरभित्र मानव अंग विकास गर्ने, प्रयोगशालामा मानव अंग बनाउने तथा अत्यन्त कम तापक्रममा गरिने क्रायोथेरापी जस्ता प्रविधिमा काम गर्नेछन् ।

    images
    images
    images

    अमेरिकी अखबार वाल स्ट्रिट जर्नलको रिपोर्टअनुसार यो परियोजनाको मुख्य उद्देश्य बुढ्यौली प्रक्रियालाई सुस्त पार्नु र दशकको अन्त्यसम्म करिब एक लाख पचहत्तर हजार मानिसको जीवन जोगाउनु हो ।

    images
    images
    images

    रूसका उप-विज्ञान मन्त्री डेनिस सेकिरेन्स्कीले गत अप्रिलमा वैज्ञानिकहरूले शरीरका कोषिकाको बुढ्यौली प्रक्रिया नै ढिलो गर्ने जीन थेरापी विकास गरिरहेको बताएका थिए । उनलाई यो अनुसन्धानलाई उमेर रोक्ने दिशाको सबैभन्दा महत्वपूर्ण काममध्ये एक मानिएको छ ।

    यस योजनाको अर्को मुख्य हिस्सा बायोप्रिन्टिङ प्रविधि हो । यसमा त्रि-आयामिक प्रिन्टरको सहयोगले जीवित तन्तु र अंग तयार गरिन्छ । रूसी वैज्ञानिकहरूले मानव कार्टिलेज र मुसाको थाइराइड ग्रन्थि बनाइसकेको दाबी पनि गरेका छन् । लक्ष्य भने सन् २०३० सम्म मानव अंग पूर्ण रूपमा प्रतिस्थापन गर्न सकिने अवस्था बनाउनु हो ।

    यसका साथै, आनुवंशिक रूपमा परिमार्जित साना सुँगुरभित्र मानव कलेजो, मिर्गौला र मुटु विकास गर्ने प्रयोग पनि भइरहेको छ । वैज्ञानिकहरूको विश्वास छ, यसले भविष्यमा अंग प्रत्यारोपणको अभाव कम गर्न सक्छ ।

    पुटिन लामो समयदेखि क्रायोथेरापी र पेप्टाइड थेरापी प्रयोग गर्दै आएको बताइन्छ । वैज्ञानिक भ्लादिमिर खाभिन्सनले बाछाका तन्तुबाट बनेका पेप्टाइडहरू पुटिनलाई दिने गरेको र यी पदार्थले उमेर ढिलो गर्न मद्दत गर्ने दाबी गरेका थिए । उनीहरूका अनुसार मानिस १२० वर्षसम्म बाँच्न सक्छ ।

    क्रायोथेरापीमा शरीरलाई करिब माइनस ११२ डिग्री सेल्सियससम्मको अत्यन्त चिसो तापक्रममा केही समय राखिन्छ। सन् २०१८ मा अस्ट्रियाका पूर्व चान्सलर सेबास्टियन कुर्जले क्रेमलिनमा भएको भेटमा पुटिनले यस उपचारका फाइदाबारे विस्तृत व्याख्या गरेको बताएका थिए ।

    गत वर्ष बेइजिङमा भएको एक सैन्य परेडका क्रममा पुटिन र चीनका राष्ट्रपति सि जिनपिङबीच मानव अंग परिवर्तन गरेर जीवन लम्ब्याउने र मानिस १५० वर्षसम्म बाँच्न सक्ने सम्भावनाबारे भएको संवाद पनि निकै चर्चामा आएको थियो । यो कुराकानी माइक अन रहँदा रेकर्ड भएको थियो, जसलाई पछि रूसको दीर्घायू योजनासँग जोडेर हेरियो ।

    ७३ वर्षका पुटिन लामो समयदेखि आफूलाई शारीरिक रूपमा सक्षम र सक्रिय नेताका रूपमा प्रस्तुत गर्दै आएका छन्। घोडसवारी, आइस हक्की, सिकार तथा मोटरसाइकल चलाएको उनका तस्बिरहरू सार्वजनिक हुने गर्छन्।

    रूसमा पुरुषको औसत आयु करिब ६८ वर्ष मात्र छ, जुन अमेरिका र युरोपको तुलनामा निकै कम हो। यही कारण पनि यो परियोजनालाई केवल वैज्ञानिक अनुसन्धान नभई राजनीतिक नेतृत्वको व्यक्तिगत चासोसँग जोडेर हेरिएको छ।

    यो योजनाको जिम्मेवारी पुटिनकी छोरी मारिया भोरोत्सोभा र नजिकका वैज्ञानिक मिखाइल कोभाल्चुकले सम्हालेका छन्। मारिया हार्मोन तथा मधुमेह विशेषज्ञ चिकित्सक हुन् भने कोभाल्चुकलाई यस अभियानको प्रमुख वैचारिक अगुवा मानिन्छ।

    तर यो परियोजनाबारे आलोचना पनि भइरहेको छ। केही वैज्ञानिकहरूले यसका दाबीहरू ठूला अन्तर्राष्ट्रिय वैज्ञानिक जर्नलमा प्रकाशित नभएकाले पूर्ण विश्वास गर्न कठिन रहेको बताएका छन् । पश्चिमी प्रतिबन्धका कारण रूसी अनुसन्धान विश्व वैज्ञानिक समुदायबाट केही हदसम्म अलग भएको दाबी पनि गरिएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पुटिन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।