Logo

२०८३, श्रावण ३०गते


images
images

रुस–युक्रेन द्धन्द्ध

पुटिनको निवासमा युक्रेनले आक्रमण गरेको होइन : ट्रम्प

पुटिनको निवासमा युक्रेनले आक्रमण गरेको होइन : ट्रम्प

images
  • पुटिनको निवासमा युक्रेनले आक्रमण गरेको होइन : ट्रम्प
    images
    images

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निवासलाई निशाना नबनाएको बताएका छन् । उनले पुटिनको आधिकारिक निवासमा आक्रमण भएको क्रेमलिनको दाबीलाई अस्वीकार गरेका छन् ।

    images
    images
    images

    ट्रम्पले अमेरिकी राष्ट्रिय सुरक्षा अधिकारीहरूले गरेको अनुसन्धानले युक्रेनले पुटिनको कुनै पनि निवासलाई निशाना नबनाएको खुलासा गरेको बताएका छन् ।  ट्रम्पले स्पष्ट रूपमा युक्रेनले यस्तो आक्रमण आफुलाई विश्वास नभएको बताएका छन् ।

    images
    images
    images

    रुसी विदेशमन्त्री सर्गेई लाभरोभले गत हप्ता युक्रेनले उत्तरपश्चिमी नोभगोरोड क्षेत्रमा रहेको पुटिनको आधिकारिक निवासमा ड्रोन आक्रमण गरेको बताएका थिए, जसलाई रूसी रक्षा प्रणालीले विफल पारेको थियो । लाभरोभले जारी शान्ति वार्ताको बीचमा युक्रेनको यस्तो कदम गलत भएको बताएका थिए ।

    images
    images
    images

    जेलेन्स्कीले तुरुन्तै यी आरोपहरूलाई खारेज गरेका थिए । यद्यपि, ट्रम्पले सुरुमा रुसको दाबीलाई गम्भीरतापूर्वक लिए र पुटिनले फोनमा उनीसँग यो मुद्दा उठाएको बताएका थिए ।

    युरोपेली नेताहरुले पुटिनको निवासमा आक्रमणको दाबी शान्ति प्रक्रियालाई कमजोर पार्ने प्रयास भएको बताएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ट्रम्प
  • # पुटिन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।