Logo

२०८३, श्रावण ३०गते


images
images

अन्तर्राष्ट्रिय

ट्रम्प र पुटिनबीच टेलिफोन वार्ता : इरान युद्ध बारे छलफल

ट्रम्प र पुटिनबीच टेलिफोन वार्ता : इरान युद्ध बारे छलफल

images
  • ट्रम्प र पुटिनबीच टेलिफोन वार्ता : इरान युद्ध बारे छलफल
    images
    images

    काठमाडौँ । अमेरिका-इजरायल र इरानबीच जारी युद्ध आज ११औँ दिनमा प्रवेश गरेको छ । यसैबीच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसका राष्ट्रपति व्लादिमिर पुटिनसँग करिब एक घण्टा टेलिफोन वार्ता गरेका छन् ।

    images
    images
    images

    ट्रम्पका अनुसार उक्त वार्तामा इरानसँगको युद्ध र युक्रेनको अवस्थाबारे छलफल भएको थियो । पुटिनले रूस इरान युद्ध अन्त्य गराउन सहयोग गर्न इच्छुक रहेको बताएका थिए । तर ट्रम्पले पहिले रूस-युक्रेन युद्ध अन्त्य गराउन पहल गर्नु अझ राम्रो हुने बताएका छन् ।

    images
    images
    images

    फ्लोरिडामा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले ईरानसँग युद्ध सुरु भएपछि आफू र पुटिनबीच भएको यो पहिलो वार्ता भएको जानकारी दिएका छन् । मध्यपूर्व क्षेत्रमा तनाव बढिरहेका बेला यो वार्ता भएको बताइएको छ ।

    images
    images
    images

    ट्रम्पले पछिल्ला १० दिनमा अमेरिकाले ईरानका ५१ वटा जहाज डुबाएको र हजारौँ सैन्य ठेगानालाई निशाना बनाइएको दाबी पनि गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ट्रम्प
  • # पुटिन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।