बझाङमा ६ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको छ ।
आज मङ्गलबार दिउँसो ३:०६ मिनेटमा बझाङ जिल्लाको चैनपुर केन्द्रबिन्दु भएर सो भूकम्प भएको भूकम्पविद् डा. लोकविजय अधिकारीले बताए ।
यसअघि २ः४० मिनेटमा बझाङ जिल्लाकै तालकोट आसपास भएर ५स्३ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको थियो ।
भूकम्पले के-कति क्षति भयो भन्ने विवरण भने आइसकेको छैन।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology