काठ कै बिंड हालेर रुख गेडिन्छ यहाँ
थाहा थियो आफ्नैबाट रेटिन्छ यहाँ ।
रगत मेरो बग्यो घाउ मलाई भयो
अंगालेर आफ्नैबाट सेरिन्छ यहाँ ।
झगडा पो छिमेकीसंग चर्केको थियो
हो महाशया! दर्शक आफ्नै भेटिन्छ यहाँ ।
भिडमा नपत्याए हेर्नुस टाढाटाढा सम्म
गाउने अरु नर्तकी आफ्नै देखिन्छ यहाँ ।
पत्यार नलाग्न सक्छ अनुभव गरेको छु मैले
रसाउँदा गह मेरो आफ्नै हाँसेको सुनिन्छ यहाँ ।।
- रामचन्द्र तिम्सिना (आवाज)
म्यागङ ५ सामरी,नुवाकोट
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology