Logo

२०८३, श्रावण ३०गते


images
images

साहित्य

गजल : बाबु आमा लखेट्छ र घरमा कुकुर पाल्छ मान्छे 

गजल : बाबु आमा लखेट्छ र घरमा कुकुर पाल्छ मान्छे 

images
  • गजल :  बाबु आमा लखेट्छ र घरमा कुकुर पाल्छ मान्छे 
    images
    images

    बाबु आमा लखेट्छ र घरमा कुकुर पाल्छ मान्छे 
    जरामा आगो झोंस्छ र पातमा पानी हाल्छ मान्छे

    images
    images
    images

    जता हुरी उतै उड्छ, झरेको पातसरी
    ठूला कुरा गर्छ र मान्छेकै जात फाल्छ मान्छे 

    images
    images
    images

    न भोक, न शोंक न त रोगकै चिन्ता भो कहिल्यै 
    किराले काटेको इज्जतको प्वाल हिराले टाल्छ मान्छे 

    images
    images
    images

    के छोड्यो, मान्छेले ? मान्छेकै प्राणसम्म छोडेन 
    काल-काल भन्छ आफु, आफैमा काल्छ मान्छे 

    यता-उता चारैतिर, रवाफ शक्ति र सम्पत्तिको 
    जतिजति धनी हुन्छ, उति धेरै कंगाल्छ मान्छे 

    विष्णु पोखरेल
    २०७०/१२/१८, बुटवल

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गजल
  • # विष्णु पोखरेल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।