Logo

२०८३, श्रावण ३०गते


images
images

प्रेस सेन्टर रुपन्देहीको अध्यक्षमा पोखरेल चयन

प्रेस सेन्टर रुपन्देहीको अध्यक्षमा पोखरेल चयन

images
  • प्रेस सेन्टर रुपन्देहीको अध्यक्षमा पोखरेल चयन
    images
    images

    बुटवल । नयाँ नेतृत्व चयन गर्दै  प्रेस सेन्टर नेपाल रुपन्देहीको आठौँ जिल्ला अधिबेशन सम्पन्न भएको छ । बिहिबार बुटवलस्थित सहिद स्मृति प्रतिष्ठान बुटवलमा सम्पन्न अधिवेशनले विष्णु पोखरेलको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । 

    images
    images
    images

    नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा टंक सुनार र माया केसी, सचिवमा सनु थापा, सह–सचिवमा रिया बस्नेत र कल्पना घिमिरे तथा कोषाध्यक्षमा भरत पाण्डे रहेका छन् भने कार्यसमिति सदस्यमा सुनिता चुदाली, नेत्र रुचाल, जगलाल नेपाली, रेशम अधिकारी लगायत रहेका छन् ।

    images
    images
    images

    सेन्टरको आठौ अधिवेशनले अध्यक्षको प्रतिवेदन, सांगठनिक प्रतिवेदन तथा  आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गर्दै नयाँ कार्य समिति चयन गरेको संगठनका निर्वाचन मण्डल संयोजक तथा अनुशासन आयोगका केन्द्रिय सचिव गुनाराम घिमिरेले जानकारी दिए । 

    images
    images
    images

    अधिवेशनमा बोल्दै नेकपा माओवादी केन्द्र रुपन्देही जिल्ला संयोजक निर्मल जिसी, प्रेस सेन्टरका लुम्बिनी प्रदेश अध्यक्ष मानसिंह बिश्वकर्मा, जिल्ला इन्चार्ज सरु राना, पुर्व अध्यक्ष कमल रायमाझी लगायतले जनपक्षीय पत्रकारिता गर्नुपर्नेमा जोड दिए । वक्ताहरूले जनपक्षीय पत्रकारिता कमजोर हुँदै गएको उल्लेख गर्दै प्रेस सेन्टरमा आबद्ध पत्रकारले आवाज विहीनको आवाज बनेर पत्रकारिता गर्नुपर्ने बनाउनुपर्ने बताए।

    प्रेस सेन्टरले यहि माघ १६ देखि १७ गतेसम्म महाधिवेशन गर्दैछ । राष्ट्रिय महाधिवेशनको तयारी स्वरुप हरेक पालिका र जिल्लामा अधिवेशन गरिसकेको प्रेस सेन्टरले लुम्बिनी प्रदेश अधिवेशन माघ ७ र ८ गते दाङमा गर्दैछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।