Logo

२०८३, श्रावण ३०गते


images
images

दीप प्रज्वलन गरेर मनायो प्रेस सेन्टर रुपन्देहीले २१औँ स्थापना दिवस

दीप प्रज्वलन गरेर मनायो प्रेस सेन्टर रुपन्देहीले २१औँ स्थापना दिवस

images
  • दीप प्रज्वलन गरेर मनायो प्रेस सेन्टर रुपन्देहीले २१औँ स्थापना दिवस
    images
    images

    बुटवल । प्रेस सेन्टर नेपाल, जिल्ला कार्यसमिति रूपन्देहीले आफ्नो २१औं स्थापना दिवस दीप प्रज्वलन कार्यक्रमको आयोजना गरी मनाएको छ ।

    images
    images
    images

    प्रेस सेन्टर रूपन्देहीको कार्यालयमा सम्पन्न कार्यक्रममा प्रेस सेन्टरका पदाधिकारी, सदस्यहरु, नेकपा माओवादी  केन्द्रका नेताहरू र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो। 

    images
    images
    images

    “शक्ति, समृद्धि, स्वाभिमान र अङ्गिकरणका लागि जनपक्षीय पत्रकारिता” नाराका साथ अघि बढिरहेको प्रेस सेन्टरले यस विशेष अवसरलाई जनपक्षीय पत्रकारिताप्रति प्रतिबद्धता जनाउँदै स्थापना दिवस मनाएको जनाएको छ ।

    images
    images
    images

    कार्यक्रममा माओवादी केन्द्र रूपन्देहीका संयोजक निर्मल जिसिले प्रेस सेन्टरको श्रमजिविहरुको संगठन बन्न सफल होस भन्ने शुभकामनासहित प्रेस सेन्टर नेपालले सधैं सत्य, तथ्य र जनताको आवाजलाई प्राथमिकतामा राखेर काम गर्न अनुरोध गरे । जिसिले माओवादी केन्द्रले सुरु गरको भष्ट्रचार बिरोधि अभियानलाई पनि कलमको माध्यमबाट खवरदारी गर्दै सगैँ सहकार्य गर्न आवश्यक रहेको बताए । उनले भने, "आगामी दिनमा पनि जनपक्षीय पत्रकारिताले देशको समृद्धि र सामाजिक न्यायका लागि मार्गप्रशस्त गर्नेछ भन्ने विश्वास छ।”

    त्यस्तै, मालिका गाउँपालिका अध्यक्ष तथा माओवादी केन्द्रका नेता देविराम अर्यालले प्रेस सेन्टरले लामो समयदेखि पत्रकारितामा गरेको योगदानलाई स्मरण गर्दै भने, “नेपालको लोकतान्त्रिक आन्दोलन र सामाजिक रूपान्तरणमा प्रेस सेन्टरको महत्त्वपूर्ण भूमिका रहेको छ। अबको समयमा प्रेस सेन्टरले तथ्यपरक रिपोर्टिङ गर्दै राष्ट्र निर्माण र समानतामूलक समाज निर्माणमा ठोस योगदान पुर्‍याउनुपर्ने आवश्यकता छ।”

    कार्यक्रममा प्रेस सेन्टर रूपन्देहीका अध्यक्ष बिष्णु पोखरेलले विगत २१ वर्षको लामो ईतिहास, प्रेस सेन्टरको उद्देश्य र आगामी योजनाका विषयमा प्रकाश पारे। उनले भने, “प्रेस सेन्टर रूपन्देही जनपक्षीय पत्रकारिताको बलियो माध्यमका रूपमा अगाडि बढिरहेको छ। हामी सत्य, तथ्य र निष्पक्षतामा आधारित रहेर नागरिकका हक-अधिकार र न्यायका लागि लडिरहनेछौं।” 

    कार्यक्रमको क्रममा दीप प्रज्वलन गरी संस्थाको स्थापना दिवसलाई उल्लासमय रूपमा मनाइएको थियो।

    दीप प्रज्वलनले सत्य, न्याय र समावेशी पत्रकारिताको प्रतीकात्मक सन्देश दिएको छ । प्रेस सेन्टरले सधैं जनताको आवाजलाई प्राथमिकतामा राख्दै पत्रकारिताको मर्म र मूल्यलाई बचाउने संकल्प व्यक्त गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।