बुटवल । प्रेस सेन्टर नेपाल रुपन्देही जिल्ला समितिले आगामी मंसिर ४ गतेको निर्वाचन केन्द्रीत भएर कार्यसम्पादन गर्ने निर्णय गरेको छ। सोमबार बुटवलमा बसेको जिल्ला समितिको विस्तारित बैठकले निर्वाचन केन्द्रित टिम परिचालन गर्ने र सोही अनुसार समाचार संकलन तथा गतिविधिहरूमा संलग्न हुने निर्णय गरेको जिल्ला अध्यक्ष कमल रायमाझीले बताए ।
बैठकले जिल्लामा सदस्यता रहेर विभिन्न कमिटीमा कार्यरत तथा संगठनले पत्रकार सम्बद्ध अन्य संघसंस्थाहरूमा पठाएका सदस्यहरू समेत निर्वाचन केन्द्रित हुने गरि कार्यविभाजन गरेको संगठनका जिल्ला इन्चार्ज रुद्रहरी कुंवरले जानकारी दिए ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सबै क्षेत्रमा पत्रकार परिचालन गर्ने निर्णय गरेको प्रेस सेन्टरले रुपन्देही क्षेत्र नं. १ मा संगठनका केन्द्रिय सदस्य भुवन कार्कीलाई खटाएको छ । जसमा १(१) मा विष्णु पोखरेल, टक सुनार, निर्मल थापा, पशुपति यादव, ध्रुब लामिछाने र प्रदिप भट्टराई रहेका छन् भने १(२) मा शारदा शाही, मोहन न्यौपाने, प्रकाश पाण्डे र भरत नेपाली रहने सेन्टरले जनाएको छ ।
त्यसैगरी निर्वाचन क्षेत्र नं. २ मा संगठनका उपमहासचिव यानेन्द्र जीसीलाई खटाईएको छ । जसको २(१) मा संजय सौगात, भरत पाण्डे, रिया बस्नेत, आरती गौतम रहेका छन् भने २(२) मा ओम पंगेनी, माया केसी, कपिल अधिकारी, विवस विष्ट र कल्पना घिमिरे रहेका छन् ।
निर्वाचन क्षेत्र नं. ३ मा केन्द्रीय सदस्य सरु रानालाई खटाएको प्रेस सेन्टरले ३(१) मा कमल रायमाझी, जितेन्द्र चौधरी, उषा केसी र ३(२) मा दिपक गलामी, संजय लामा गुरुङ, गोरख थारू र शिव चौधरीलाई जिम्मेवारी दिएको छ ।
निर्वाचन क्षेत्र नं. ४ मा संगठनका केन्द्रीय अनुसासन विभागका सचिव गुनाराम घिमिरेलाई जिम्मेवारी दिईएको छ । जसको ४(१) मा अन्जना चौहान र अमित चौहान रहेका छन् भने ४(२) मा असलम खानलाई खटाईएको छ ।
निर्वाचन क्षेत्र नं. ५ मा संगठनका लुम्बिनी प्रदेश वरिष्ठ उपाध्यक्ष तथा रुपन्देही जिल्ला इन्चार्ज रुद्रहरी कुंवरलाई जिम्मा तोकिएको छ । जसको ५(१) मा रमेश गैरे, अम्बिका परियार र जगलाल नेपाली रहेका छन् भने ५(२) मा राज चौधरी, दिपक कलवार र सुदिप पहाडीलाई खटाईएको छ ।
त्यसैगरी प्रेस सेन्टरले निर्वाचन विशेष समाचार डेस्क स्थापना गर्ने निर्णय गरेको छ । जसमा रुद्रहरी कुंवर, कमल रायमाझी, विष्णु पोखरेल, अम्बिका परियार, रमेश गैरे, संजय गुरुङ, निर्मल थापा, विवस विष्ट, जितेन्द्र चौधरी, मोहन न्यौपाने र प्रकाश पाण्डे रहने संगठनले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology