Logo

२०८३, श्रावण ३०गते


images
images

प्रेस सेन्टर रुपन्देहीको विशेष अधिवेशन सम्पन्न, अध्यक्षमा पोखरेल चयन

प्रेस सेन्टर रुपन्देहीको विशेष अधिवेशन सम्पन्न, अध्यक्षमा पोखरेल चयन

images
  • प्रेस सेन्टर रुपन्देहीको विशेष अधिवेशन सम्पन्न, अध्यक्षमा पोखरेल चयन
    images
    images

    बुटवल । प्रेस सेन्टर रुपन्देहीको अध्यक्षमा विष्णु पोखरेल चयन भएका छन्।  शुक्रबार बुटवलमा सम्पन्न सेन्टरको विशेष अधिबेशनले पोखरेलको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो। 

    images
    images
    images

    सेन्टरको नवनिर्वाचित उपाध्यक्षमा अम्बिका परियार र पविता पौडेल, सचिवमा रमेश गैरे, सह-सचिवमा प्रकाश पाण्डे, संजय लामा र निर्मल थापा तथा कोषाध्यक्षमा पशुपति यादव रहेका छन् भने कार्यसमिति सदस्यमा दिपक कलवार, जगलाल नेपाली, सुनिता चुदाली, अन्जना चौहान, जितेन्द्र चौधरी, सुमित्रा तरामु, दिनेश प्रसाद लोध र नेत्र रुचाल लगायत रहेका छन्। 

    images
    images
    images

    विशेष अधिवेशन तथा वार्षिक साधारण सभाले निवर्तमान अध्यक्ष कमल रायमाझीको प्रतिवेदन, निवर्तमान सचिव विष्णु पोखरेल सांगठनिक प्रतिवेदन तथा  कोषाध्यक्ष संजय लामा गुरुङले पेश गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गर्दै नयाँ कार्य समिति चयन गरेको संगठनका नवनिर्वाचित सचिव रमेश गैरेले जानकारी दिए। 

    images
    images
    images

    अधिवेशनले निवर्तमान जिल्ला अध्यक्ष कमल रायमाझी, उपाध्यक्ष शारदा शाही लगायतलाई माथिल्लो कमिटीमा सिफारिस गर्ने निर्णय समेत गरेको जनाईएको छ। 

    विशेष अधिवेशनमा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बराल, रुपन्देही जिल्ला संयोजक निर्मल जिसी, प्रेस सेन्टरका केन्द्रिय उप-महासचिव यानेन्द्र जिसी, केन्द्रिय सदस्य भुवन कार्की, लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष रुद्रहरी कुँवर, प्रदेश सदस्यद्वय माया केसी र संजय सौगात लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा शुभकामना मन्तव्य राख्दै वक्ताहरूले जनपक्षीय पत्रकारिता कमजोर हुँदै गएको उल्लेख गर्दै प्रेस सेन्टरमा आवद्ध पत्रकारले आवाज विहिनको आवाज बनेर जनपक्षीय पत्रकारिता बलियो बनाउनुपर्ने बताएका थिए। 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।