दाङ । प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशकाे अध्यक्षमा बाँकेका प्रदिप वाग्ले निर्वाचित भएका छन् । लुम्बिनी प्रदेशकाे राजधानी राप्ती उपत्यकामा सम्पन्न तेस्राे अधिवेशनबाट २७ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएकाे हाे ।
नव निर्वाचित कार्यसमितिको उपाध्यक्षमा भूपेन्द्रप्रकाश वली, समावेशी उपाध्यक्षमा चिन्ता परियार, महिला उपाध्यक्षमा देवी गुरूङ, महासचिवमा कमल रायमाझी, सचिवमा तिलाचन पाण्डे, महिला सचिवमा अनिता पोख्रेल, सचिवमा जितेन्द्र बुढाथोकी, दलित सचिवमा भरत नेपाली, सचिवमा जीवलाल सुवेदी, कार्यालय सचिवमा टेकम वली, कोषाध्यक्षमा प्रकाश वैद्य र लेखा समिति संयोजकमा मिन अधिकारी निर्वाचित भएकाे निर्वाचन समिति संयाेजक उदय जिएमले जानकारी दिए
सदस्यहरू चिरञ्जीवी न्यौपाने, शिवु खनाल, रमेश गैरे, सञ्जय सौगात, डिबी खड्का, राजेश आचार्य, उर्मिला गौतम, प्रदीप गुप्ता, राजु तंगाल, बालाराम शेर्पाइली, वीरेन्द्र गिरी र राजु रिजाल क्षेत्री निर्वाचित भएका छन् । २ जना सदस्य पहिलाे वैठकबाट मनाेनय गरिने संगठनले जनाएकाे छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology