Logo

२०८३, श्रावण ३०गते


images
images

प्रेस सेन्टर लुम्बिनी शाखाद्वारा लुम्बिनी विकास कोषका उपाध्यक्ष लामासंग भेटघाट

प्रेस सेन्टर लुम्बिनी शाखाद्वारा लुम्बिनी विकास कोषका उपाध्यक्ष लामासंग भेटघाट

images
  • प्रेस सेन्टर लुम्बिनी शाखाद्वारा लुम्बिनी विकास कोषका उपाध्यक्ष लामासंग भेटघाट
    images
    images

    लुम्बिनी । प्रेस सेन्टर नेपाल लुम्बिनी सांस्कृतिक नगरपालिका शाखाले लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष डा. ल्हारक्याल लामासंग भेटघाट गरेको छ। शुक्रबार कोषको कार्यालय लुम्बिनीमा भेटघाट गर्दै बृहत लुम्बिनी विकासको लागि सोच्न र लुम्बिनीबासीलाई साथमा लिएर अघि बढ्न उपाध्यक्ष लामालाई सुझाब दिएको प्रेस सेन्टर नेपाल लुम्बिनी सांस्कृतिक नगरपालिका शाखा अध्यक्ष दिनेश लोधले जानकारी दिए। 

    images
    images
    images

    पत्रकारसंगको भेटघाटमा बोल्दै उपाध्यक्ष लामाले आफ्नो एक मात्र स्वार्थ बृहत लुम्बिनीको विकास भएको बताएका थिए। सबै क्षेत्रको सहयोग लिएर र सहकार्य गरेर मात्रै लुम्बिनीको विकास सम्भव रहेको उल्लेख गर्दै लामाले लुम्बिनीको विकाससंग लुम्बिनी क्षेत्रका नागरिकको विकासलाई जोड्न आफुले योजना ल्याउने बताए। 

    images
    images
    images

    "लुम्बिनी हामी सबैको हो, यहाँका स्थानीयले आफ्नो जग्गा सेमत लुम्बिनी विकास कोषलाई प्रदान गर्नु भएको छ" उनले भने, "लुम्बिनीको विकासमा सबैको योगदान छ र यो योगदान अनन्त कालसम्म पनि कायम रहन्छ।"

    images
    images
    images

    भेटघाटमा प्रेस सेन्टर रूपन्देहीका अध्यक्ष विष्णु पोखरेल, निवर्तमान अध्यक्ष कमल रायमाझी, जिल्ला सचिव रमेश गैरे, जिल्ला सदस्य तथा लुम्बिनी सांस्कृतिक नगरपालिका शाखा इन्चार्ज दिपक कलवार, जिल्ला सदस्य अञ्जना चौहान लगायतको उपस्थिति रहेको थियो ।  

    सो अवसरमा प्रेस सेन्टर लुम्बिनी सांस्कृतिक नगरपालिका शाखाले नवनियुक्त उपाध्यक्ष लामालाई बुद्धको मुर्ति दिएर स्वागत गरेको थियो।  

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।