Logo

२०८३, श्रावण ३०गते


images
images

लुम्बिनी विकास कोषको कामु सदस्य सचिवमा ज्ञानिन राई

लुम्बिनी विकास कोषको कामु सदस्य सचिवमा ज्ञानिन राई

images
  • लुम्बिनी विकास कोषको कामु सदस्य सचिवमा ज्ञानिन राई
    images
    images

    लुम्बिनी । लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक ज्ञानिन राई कायममुकायम सदस्य सचिव बनेका छन् । कोषका सदस्य सचिव सानुराजा शाक्यको पाँचवर्षे कार्यकाल असोज २१ मा सकिएसँगै उक्त पद रिक्त भएको थियो ।

    images
    images
    images

    लुम्बिनी विकास कोष पदाधिकारी विनियमावली, ०५८ को विनियम २९९५० मा सदस्य सचिव बिदामा बसेको वा अन्य कुनै कारणबाट अनुपस्थित रहेका बेला रिक्त रहेको अवस्थामा वरिष्ठतम् अधिकृतलाई कायममुकायम दिई कार्य संचालन गर्ने व्यवस्था रहेकाले सोही अनुसार राई कामु सदस्य सचिव कायम भएको कोषका सूचना अधिकृत राजन बस्नेतले जानकारी दिए ।

    images
    images
    images

    राईले बुधबारबाटै कोषमा कामु सदस्य सचिवका रूपमा काम सुरु गरिसकेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद् बैठकबाट कोषको सदस्य सचिव नियुक्त हुने प्रावधान छ । तर, संस्कृति मन्त्री नियुक्त नभइसकेको र सरकारले अनावश्यक खर्च कम गर्ने भनिरहेका बेला तत्कालै सदस्य सचिव नियुक्त हुने सम्भावना कम रहेको बताइन्छ ।

    images
    images
    images

    विकास कोषको सदस्य सचिव अधिकार सम्पन्न कार्यकारी हुने भएका कारण सदस्य सचिव बन्न राम्रै कसरत हुने गरेको छ । लुम्बिनीमा शक्ती राष्ट्रहरुको पनि चासो हुने भएकाले पनि यसलाई विशेष महत्वकासाथ लिने गरिन्छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लुम्बिनी विकास कोष
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।