Logo

२०८३, श्रावण ३०गते


images
images

लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. लामा र म्यानमारका राजदुतविच भेटवार्ता

लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. लामा र म्यानमारका राजदुतविच भेटवार्ता

images
  • लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. लामा र म्यानमारका राजदुतविच भेटवार्ता
    images
    images

    लुम्बिनी  । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा (खेन्पो छिमे) र म्यानमारका राजदूत म्यूम्यून्ट माउङविच मंगलबार  शिष्टाचार भेट भएको छ ।

    images
    images
    images

    कोषको कार्यालयमा उपाध्यक्ष लामा र राजदुतविच बुद्ध जन्मस्थल लुम्बिनीको प्रवद्र्धन र दुई देशको सहकार्यका बिषयमा भेटवार्ता भएको हो । भेटका अवसरमा उपाध्यक्ष लामाले म्यानमार नेपालको पूरानो मित्रराष्ट्र भएको बताउँदै लुम्बिनीमा त्यहाँका बौद्ध तीर्थयात्रीहरुलाई भ्रमणका लागि अझ बढि प्रचार गर्न आग्रह गरे ।

    images
    images
    images

    उनले म्यानमारबाट लुम्बिनीमा भ्रमण आउने तीर्थयात्रीहरु राम्रै रहेको तर अब अझ त्यसलाई बढाउन पहल गर्न ध्यानआर्कषण गराए । उपाध्यक्ष लामाले बृहत्तर लुम्बिनी क्षेत्रमा मात्रै शाक्यमुनी बुद्ध सहित क्रक्रुछन्द र कनकमणि बुद्ध गरी तीन वटा बुद्धको जन्म भएकाले यो विश्वकै मानवशान्ति र बौद्ध सम्प्रदायको पवित्र स्थल रहेको बताए ।  

    images
    images
    images

    भेटमा म्यानमारका राजदुत म्यूम्यून्ट माउङले म्यानमारका ८९ प्रतिशत नागरिकहरु बौद्धिष्ट भएको बताउँदै आफूहरुको आस्थाको केन्द्र भएकाले भ्रमणका लागि सक्दो पहल गर्ने प्रतिबद्धता जनाए । उनले बुद्धजन्मस्थल लुम्बिनी आफू यसअघि पनि पटक पटक आएको बताउँदै लुम्बिनीको प्रवद्र्धनका लागि राजदुतका रुपमा सक्दो सहयोग गर्ने बताए ।

    भेटमा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, कार्यकारीणी सदस्य श्याम रोक्का, राजेश शाक्य लगायतको उपस्थिती थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लुम्बिनी विकास कोष
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।