Logo

२०८३, श्रावण ३०गते


images
images

समाचार

लुम्बिनी विकास कोषका योजना प्रमुखलाई निलम्बन गर्न माग

लुम्बिनी विकास कोषका योजना प्रमुखलाई निलम्बन गर्न माग

images
  • लुम्बिनी विकास कोषका योजना प्रमुखलाई निलम्बन गर्न माग
    images
    images

    देवदह । लुम्बिनी विकास कोषकी योजना प्रमुख स्मिता भट्टलाई निलम्बन गर्न स्थानीय युवाहरुको संस्था रेस्पोन्स टिम लुम्बिनीले माग गरेको छ । योजना प्रमुख भट्टले कोषका ठेक्का पट्टामा आर्थिक चलखेल गरेको, विकास कोषको मुख्य कार्यालयमा अति न्यून कार्यदिन उपस्थित भएको भन्दै उनलाई निलम्बन र छानवीन गरी कारवाही गर्न टिमले माग गरेको हो ।

    images
    images
    images

    टिमले शनिवार बुटवलमा पत्रकार सम्मेलन गरी लुम्बिनी गुरुयोजनाका सबै परियोजनाको स्वतन्त्र अडिट गर्नुपर्र्ने, सरकारी सुविधा दुरुपयोगबारे सम्पत्ति शुद्धीकरणसम्बन्धी छानबिन गर्नुपर्ने र पदको दुरुपयोग  पदाधिकारीलाई बर्खास्त गर्न पनि माग गरेको छ ।

    images
    images
    images

    पछिल्लो पटक ३ करोड ५६ लाख रुपैंयांको दियो वत्तीको ठेक्का टेण्डरमा योजना प्रमुख भट्टले आफू निकटका ठेकेदारलाई टेण्डर दिलाउन प्रयास गरेको रेस्पोन्स टिमको आरेप छ । टेण्डरको फर्म बुझाउने समय दिउँसोको १२ बजेसम्म मात्र भएको र त्यतिन्जेल तीन वटा फर्मले बुझाइसकेको अवस्थामा १२ बजेपछि पनि भट्टले आफू निकटका ठेकेदारलाई आवेदन राख्न दिन प्रयास गरेको तर स्थानीयले रोकेको अध्यक्ष जसमेर खानले बताए ।

    images
    images
    images

    ‘योजना प्रमुखले आफू नजिकको ठेकेदारलाई आफ्नो कार्यकक्षमा राखेर टेण्डर राख्ने समय सकिएपछि पनि राख्न लगाउने प्रयास गरेको स्थानीयले प्रत्यक्ष देखेका छन् ।’ खानले भने, ‘छानवीन गर्ने र कार्यालयको सिसिटिभी फुटेज हेर्ने हो भने मिलेमतो गरेको पुष्टी हुन्छ ।’

    लुम्बिनी विकास कोषमा निर्माण सम्बन्धी काम गरेका एक ठेकेदारले आफूले करोडौं भुक्तानी पाउन बाँकी भएकाले रोकिने डरले सबै कुरा खोल्न नमिल्ने बताए । ‘यहाँ घुस नबुझाएसम्म नियमसंगत तरिकाले ठेक्का पाउन सकिन्न यो सत्य हो ।’ उनले भने, ‘मसंग प्रमाण छ तर अहिले सार्वजनिक गर्दा मेरो बक्यौता रोकिदिन्छन् ।’

    लुम्बिनी विकास कोषकै हाजिरी तथ्यांक अनुसार योजना प्रमुख भट्ट गत आर्थिक वर्षमा ३११ दिन कार्यदिन हुँदा ८२ दिन मात्र कार्यालयमा हाजिर भएको पाइएको छ ।

    गत आर्थिक वर्षमा ३११ दिन कार्यदिन थियो । भट्ट अधिकांश समय काजमा भन्दै काठमाडौं बस्ने गरेकी र ३० दिन घर विदा लिएको हाजिरी तथ्यांकमा देखिन्छ । खानले योजना प्रमुख भट्टले कोषलाई व्यक्तिगत स्वार्थ, ठेक्कापट्टा र कमिसनको अड्डा बनाएको आरोप लगाउँदै यस्ता गतिविधि सह्य नभएको बताए । योजना प्रमुख भट्टले विभिन्न टेन्डर प्रक्रियामा प्रत्यक्ष सहभागी भएर पदको दुरुपयोग गरेको, राजनीतिक संरक्षणको आडमा मनपरी निर्णय लिएको र सार्वजनिक खरीद ऐनको मर्म बिर्सेर सार्वजनिक स्रोतमा हात हाल्ने काम गरेको उनले आरोप लगाए ।

    लुम्बिनी विकास कोष जस्तो अन्तर्राष्ट्रिय महत्व बोकेको संस्थाको योजना प्रमुख पदको जिम्मेवारी लिएको व्यक्ति कार्यालयमा नगण्य दिन मात्र उपस्थित हुँदा गुरुयोजनाको काममा प्रत्यक्ष असर गरेको उनले बताए । ‘योजनाप्रमुख भट्टमाथि विभिन्न योजनामा आर्थिक चलखेल गरेको आरोप लागेकाले उनलाई निलम्बन गरेर छानवीन हुनुपर्छ ।’ टिमका अध्यक्ष खानले भने ‘जेन जी युवाको मागलाई बेवास्ता गरिए चरणवद्ध आन्दोलनमा जान वाध्य हुनेछौं ।’

    भट्टले सरकारी गाडी, इन्धन, भत्ता तथा सेवा सुविधालाई व्यक्तिगत विलासिताको रूपमा दुरुपयोग गरेको पनि टिमको आरोप छ । ‘सरकारी गाडीलाई ‘फन–ट्रिप’ मा प्रयोग गर्ने, गाडीलाई रित्तै काठमाडौमा पठाउने र आफू विमानबाट यात्रा गर्ने जस्ता गतिविधि भ्रष्टाचारको चरम उदाहरण हुन् ।’ खानले भने–‘यी सबै विषयमा छानवीन आवश्यक छ ।’

    निर्णय प्रक्रियामा अपारदर्शिता देखिँदै आएको भन्दै अध्यक्ष खानले मनलागी परियोजना सञ्चालन गर्ने, राष्ट्रिय गौरवका आयोजनाको नाममा विभिन्न नदीबाट नदीजन्य पदार्थ निकाल्न कमिसन लिएर अनुमति पत्र दिने गरेको आरोप समेत लगाए ।

    लुम्बिनी विकास कोषका ज्ञानिन राईले स्थानीय युवाको टिमबाट योजना प्रमुखको निलम्बन र छानवीनको माग गर्दै ज्ञापनपत्र आएको स्वीकार गर्दै यसबारे सम्बन्धित माथिल्लो निकायमा जानकारी गराएको बताए । 

    योजना प्रमुख भट्टले भने आफूले योजनाहरुको टेण्डरमा विगतमा हुंदै आएको कमिसनको चलखेल बन्द गराएपछि विकास कोषकै माथिल्लो तहका कर्मचारीले स्थानीयलाई उचालेर आफ्नो बद्नाम गराउन खोजेको बताइन् । ‘२०८२ असोज ३० गते कोषले एउटा टेण्डर खोलेको थियो त्यसमा स्थनीयले पनि टेण्डर आवेदन दिएका रहेछन् ।’ उनले भनिन्, ‘उनीहरुले ३ सेट मिलाएर टेण्डर राख्न खोजेको र मैले उनीहरुको सिन्डिकेट तोड्न प्रयास गरेकाले म विरुद्ध कपोकल्पित भ्रम फैलाउने कार्य गरिएको छ ।’  

    विदा धेरै किन बसेको भन्ने सोतोमसीको प्रश्नमा भट्टले आफू कोषको कर्मचारी नभएर पदाधिकारी भएको बताइन् । ‘पदाधिकारी कोषकै कामका लागि कुनै बेला कार्यालय समय भन्दा बढि खटिइरहेको हुन्छ, कतिपय अवस्थामा काजमा खटिएको हुन्छ । यो बर्ष सुत्केरी समेत भएकाले धेरै दिन विदा बसेको देखिएको हो ।’ उनले भनिन्, ‘मेरो हाजिरी चेक गर्नेहरुले कैयौं दिन खाना पनि नखाई काम गरेको रेकर्ड पनि खोजे हुने हो नि ?’

    भट्टले कोषकै कर्मचारी र स्थानीयको नाममा असुरक्षा महसुस गरेको समेत उल्लेख गरिन् । एउटा महिलालाई अनायासै लान्छना लगाएर आफुहरु दोषबाट उम्कीन खोजिरहेको भन्दै उनले आफुले त्यसको विरुद्धमा पनि कानुनी लडाई लड्ने सेतोमसीलाई बनाईन् । 

    गोरखा जिल्लाकी भट्टलाई माओवादी केन्द्रको कोटामा योजना प्रमुख नियुक्त गरिएको थियो । उनको कार्यकाल अझै तीन वर्ष बाँकी छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लुम्बिनी विकास कोष
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।