गुल्मी । प्रेस सेन्टर नेपाल गुल्मी जिल्लाको चौंथो अधिवेशनले हुमाकान्त पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । आइतबार गुल्मीको तम्घासमा सम्पन्न अधिवेशनले यसअघि सचिव रहेका पोखरेललाई अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित गरेको हो ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा खुमानन्द फुल्देल (लक्ष्मण ) र वासुदेव पोखरेल, सचिवमा अमृता सेन्चुरी, सहसचिवमा प्रदिप भुसाल र प्रियंका पन्थी र कोषाध्यक्षमा मन्दिरा बिश्वकर्मा निर्वाचित भएका छन् । पदाधिकारीसहित १७ सदस्यीय कार्य समिति सर्वसम्मत गठन भएको निर्वाचन समितिका संयोजक कृष्ण पाण्डेले जानकारी दिए ।
अधिवेशनमा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य बिरबहादुर कार्की, माओवादी नेता बुद्धि जिसी, तेजेन्द्र सलामी, प्रेस सेन्टर नेपालका केन्द्रिय सचिव प्रेम सुनार, केन्द्रिय सदस्य भरत पाण्डे लगायतको उपस्थिति रहेको थियो ।
अधिवेशनको अवसरमा दर्जनौ सञ्चारकर्मी अन्य संगठनबाट प्रेस सेन्टरमा प्रवेश गरेको जनाइएको छ । उनिहरुलाई प्रेस सेन्टरका नेताहरुले स्वागत गरेका थिए ।
अधिवेशनले निवर्तमान अध्यक्ष तिलाचन पाण्डेको प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology