काठमाडौं । प्रेस सेन्टर नेपालको इतिहासमा पहिलोपटक निर्वाचनमार्फत नेतृत्व चयन भएको छ । शुक्रबारदेखि काठमाडौंको थापागाउँस्थित काठमाडौं बैंकटमा सुरु भएको महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि निर्वाचन भएको हो । संगठनका मुख्यपदमा सहमति नभएपछि पदाधिकारीमा निर्वाचन भएको थियो ।
भूगोल, समावेशी र खुल्ला केन्द्रिय सदस्यसहित सबै विभागमा सहमति भएपनि अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष पदमा भएको निर्वाचनमा संस्थापन समुहले जीत हासिल गरेको छ । पहिलो पटक निर्वाचनमा होमिएको प्रेस सेन्टरका दुइ प्यानल चुनावी प्रतिष्पर्धामा थिए।
आइतबार राति सार्वजनिक भएको मत परिणाम अनुसार प्रेस सेन्टर नेपालको पाँचौं अधिवेशनबाट अध्यक्षमा कमल गिरी विजयी भएका छन्। उनले प्रतिस्पर्धी दीपेन्द्र रावललाई १९१ मतले पछि पार्दै जित निकाले।
निर्वाचन समितिका प्रमुख गोविन्द आचार्यका अनुसार गिरीले ३६६ मत प्राप्त गरेका थिए। वरिष्ठ उपाध्यक्षमा सुरेशचन्द्र अधिकारी ३९७ मत ल्याएर विजयी भए, भने उनका प्रतिस्पर्धी सुदीप वर्देवाले १११ मत प्राप्त गरे।
महासचिवमा मनोज घर्तीमगर विजयी भएका छन्। उनले ३७९ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी दीपेन्द्र शर्माले १४८ मत पाए।
उपमहासचिवमा ज्ञानप्रसाद पौडेल, सचिव (खुला) मा सुरेन्द्र चालिसे र सन्तोष देउजा, सचिव (महिला) मा अन्जली थापा, सचिव (समावेशी) मा अवतार राई, र कोषाध्यक्षमा बसन्त गिरी निर्वाचित भएका छन्। यी पदमा निर्विरोध नभएकाले मतदानमार्फत विजयी घोषणा गरिएको निर्वाचन प्रमुख आचार्यले जानकारी दिए।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology