Logo

२०८३, श्रावण ३०गते


images
images

अफगानी आमाहरू आफ्ना बच्चा बेच्न बाध्य भएका समाचार किन लुकाईन्छ?: अध्यक्ष बराल

अफगानी आमाहरू आफ्ना बच्चा बेच्न बाध्य भएका समाचार किन लुकाईन्छ?: अध्यक्ष बराल

images
  • अफगानी आमाहरू आफ्ना बच्चा बेच्न बाध्य भएका समाचार किन लुकाईन्छ?: अध्यक्ष बराल
    images
    images

    बुटवल । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले पत्रकारहरु खोज अनुसन्धानबाट विमुख हुदै गएको बताएका छन्। शुक्रबार प्रेस सेन्टर नेपाल रुपन्देहीको विशेष अधिवेशन तथा वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष बरालले अफगानस्तानमा आमाहरू आफ्ना बच्चा बेच्न बाध्य भएका समाचारहरू लुकाइएको र संचार मध्यममा नआएको भन्दै आक्रोश व्यक्त गरे। 

    images
    images
    images

    संसारभरिको द्वन्द यतिवेला एशिया र त्यो पनि दक्षिण एसियामा केन्द्रित भएको दावी गर्दै अध्यक्ष बरालले संयुक्त राज्य अमेरिकाले अफगानस्तानमा भोकमरी सिर्जना गरेको र एक छाक खानकै लागि अफगानी आमाहरू आफ्ना बच्चा बेच्न बाध्य रहेको बताए। "आजको संचार जगत भुलभुलैयामा कुदेको छ, किन अफगानी आमाहरू आफ्ना बालबच्चा बेच्न विवश पारिएका समाचारहरू संचार माध्यममा आउंदैनन?" उनले प्रश्न गरे। 

    images
    images
    images

    दक्षिण एसिया अबको शक्ति संघर्षको केन्द्र हुने दावी गर्दै अध्यक्ष बरालले संसारभरका जासुसी संस्थाका प्रमुखहरू दक्षिण एसियाली देशमा दौडधुप गरिरहेको बताए। "नेपालमा पनि ठूला-ठूला पार्टी लोप हुन सक्छन, ठूला-ठूला नेताहरू भूमिकाबिहिन हुन सक्छन र नेताहरू फेजआउट सक्छन।"  उनले भने, "त्यो विषयमा पत्रकारको कलम जति चल्नु पर्ने त्यति नचलेको देखियो।"

    images
    images
    images

    पत्रकार केहि धनाढ्य र रुप तथा पहुँचवाला सेलिब्रेटीको मात्रै पछि कुदेको उल्लेख गर्दै अध्यक्ष बरालले प्रेस सेन्टरले जनपक्षीय पत्रकारिता गर्नुपर्नेमा जोड दिए। 

    कार्यक्रममा बोल्दै प्रेस सेन्टर नेपालका केन्द्रिय उपमहासचिव यानेन्द्र जिसीले पत्रकार आगो र बन्दुकसंग खेल्नदेखि जेलनेल झेल्नसम्म तयार नहुने हो भने प्राप्त उपलब्धी गुम्न सक्ने बताए। "डोकोमा रेडियो बोकेर पहाड, पाखा-कन्दराबाट गरिएको पत्रकारिता आज कतै घुम्ने कुर्सीमा बसेर कसैको ईसारामा घुमिरहने त हैन?" युद्ध पत्रकारिताको स्मरण गर्दै उनले भने, " भोका, गरिव, दु:खी, निमुखा जनताको समाचार लेख्ने प्रेस सेन्टरले आफ्नो जनपक्षीय भूमिकामा आफुलाई खार्दै  लैजानुंपर्छ।"

    त्यसैगरी नेकपा माओवादी केन्द्रका रुपन्देही संयोजक निर्मल जिसीले संचार मोर्चा अहिलेको महत्वपूर्ण मोर्चा भएको उल्लेख गर्दै अबको लडाई मिडियाबाटै हुने हुनाले प्रेस सेन्टरले त्यसको लागि आफुलाई तयार राख्नुपर्ने धारणा व्यक्त गरे। 

    सो अवसरमा प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य भुवन कार्की, लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष रुद्रहरी कुँवर, प्रदेश सदस्यद्वय माया केसी र संजय सौगात लगायतले शुभकामना मन्तव्य राख्दै जनपक्षीय पत्रकारितामा जोड दिएका थिए।

    उक्त अधिवेशनले पत्रकार विष्णु पोखरेलको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। सेन्टरको नवनिर्वाचित उपाध्यक्षमा अम्बिका परियार र पविता पौडेल, सचिवमा रमेश गैरे, सह-सचिवमा प्रकाश पाण्डे, संजय लामा र निर्मल थापा तथा कोषाध्यक्षमा पशुपति यादव रहेका छन् भने कार्यसमिति सदस्यमा दिपक कलवार, जगलाल नेपाली, सुनिता चुदाली, अन्जना चौहान, जितेन्द्र चौधरी, सुमित्रा तरामु, दिनेश प्रसाद लोध र नेत्र रुचाल लगायत रहेका छन्। 

    विष्णु पोखरेल.jpg

    विशेष अधिवेशन तथा वार्षिक साधारण सभाले निवर्तमान अध्यक्ष कमल रायमाझीको प्रतिवेदन, निवर्तमान सचिव विष्णु पोखरेल सांगठनिक प्रतिवेदन तथा  कोषाध्यक्ष संजय लामा गुरुङले पेश गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गर्दै नयाँ कार्य समिति चयन गरेको संगठनका नवनिर्वाचित सचिव रमेश गैरेले जानकारी दिए। 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।