Logo

२०८३, श्रावण ३०गते


images
images

नेपाली राजनीतिमा नपढिएका अध्याय थपिंदै छन् : अध्यक्ष बराल

नेपाली राजनीतिमा नपढिएका अध्याय थपिंदै छन् : अध्यक्ष बराल

images
  • नेपाली राजनीतिमा नपढिएका अध्याय थपिंदै छन् : अध्यक्ष बराल
    images
    images

    देवदह । नेकपा (माओवादी केन्द्र)का लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले नेपाली राजनीतिमा नपढिएका अध्याय थपिंदै गएको बताएका छन् । पार्टीको देवदह नगर कमिटीले शनिवार आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै अध्यक्ष बरालले भूराजनीतिक परिस्थितिका कारण  राजनितिक शास्त्रमा नभएका र नसुनिएका प्रयोग नेपालमा हुन लागेको दावी गरे ।

    images
    images
    images

    प्रथम र दोस्रो विश्वयुद्ध तथा पहिलो शीतयुद्धको असर नपरेको नेपालमा दोस्रो शीतयुद्धको असर भने सिधै पर्ने उनले बताए । 'अहिले अमेरिका र चीनको बिचमा शीतयुद्ध चलिरहेको छ ।' अध्यक्ष बरालले भने, 'नेपाल चीनको छिमेकी रहेकोले हाम्रो देशलाई बाटो बनाएर चीनसम्म पुग्ने प्रयत्न अमेरिकासहित पश्चिमा देशले गरिरहेका छन् । त्यसको सिधा असर हामीलाई पर्नेछ ।'

    images
    images
    images

    अध्यक्ष बरालले भदौ २४ गते नेपालीको दु:ख सकिएको नभई नयाँ समस्याहरुको समेत सुरुवात भएको बताए । जेनजी आन्दोलन आवश्यक र सहि भएको उल्लेख गर्दै उनले शक्ति केन्द्रले त्यसलाई नियन्त्रण गरि आफ्नो स्वार्थ अनुकुल बनाउने प्रयन्त गरिरहेको टिप्पणी गरे । उनले जेनजी आन्दोलन जनविद्रोह भएको र त्यसको लागि कांग्रेस-एमालेसहितका दलहरु जिम्मेवार रहेको जिकिर गरे । कहिले एमाले त कहिले कांग्रेसको सहयात्री भएर माओवादीले समेत विगतमा गल्ती गरेको उनको भनाइ छ ।

    images
    images
    images

    कार्यक्रममा पार्टीका महाधिवेशन आयोजक समिति सदस्य  मक्सुद अलि, लुम्बिनी प्रदेश सचिवालय सदस्य सुजित विक, पार्टी नगर अध्यक्ष दीपक न्यौपाने लगायतले बोल्दै पार्टीमा युवा सहभागिता र प्रतिरोधी दस्ता आवश्यक रहेको विचार व्यक्त गरे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुदर्शन बराल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।